CG Electronics
IME Life
NIMB

एन आईसी एशिया बैंकद्वारा शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो मूल नारा “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” अनुसार नयाँ कर्जा योजना ‘NIC ASIA Share Loan’ सार्वजनिक गरेको छ। यो योजना विशेषगरी शेयर बजारमा लगानी गर्ने व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि तयार पारिएको हो।

बैंकले यस योजनामा शून्य प्रिमियम सुविधा उपलब्ध गराएको छ, जसले गर्दा लगानीकर्ताले अतिरिक्त शुल्कबिना आफ्नो लगानीमा कर्जा लिन सक्नेछन्। साथै, योजना प्रतिस्पर्धी ब्याजदरमा आधारित रहेको छ, जसले लगानीकर्तालाई किफायती दरमा वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ।

व्यक्तिगत लगानीकर्तालाई यस योजना अन्तर्गत अधिकतम रु. २५ करोडसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ भने संस्थागत लगानीकर्तालाई रु. ५० करोडसम्म कर्जा उपलब्ध गराइनेछ। बैंकले छिटो र पारदर्शी सेवा प्रदान गर्ने साथै लचिलो भुक्तानी योजनाको व्यवस्था समेत गरेको छ, जसले ग्राहकलाई आफ्नो सुविधा अनुसार किस्ता भुक्तानी गर्न सहज बनाउँछ।

ग्राहकको सुविधा र समस्या समाधानका लागि बैंकले ‘कर्जा सहायता केन्द्र’ पनि स्थापना गरेको छ। यस केन्द्र मार्फत ग्राहकहरूले सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासा समाधान गर्न सक्नेछन्।

बैंकले जनाएको छ कि यस कर्जामार्फत शेयर बजारमा लगानी गर्ने ग्राहकलाई सहज, सुरक्षित र लाभदायक सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस योजनाले शेयर बजारमा लगानी बढाउने साथै लगानीकर्ताको वित्तीय योजना र दीर्घकालीन लाभ सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...