CG Electronics
IME Life
NIMB

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभामा बीमा सचेतना सम्बन्धी छलफल सम्पन्न

NIMB
Himalayan Bank

 

संखुवासभा, मंसिर १३ — नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश ले बीमाको क्षेत्रमा गरेको कार्यक्रम र सञ्चालन गरेका जनचेतना र बीमाका विषयमा भएका प्रगतिको विषयमा छलफल गरिएको थियो । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको स्थापना भएपछी कोशी प्रदेशमा बीमाको क्षेत्रमा भएका सकारात्मक पक्ष र बीमाका क्षेत्रमा देखिएका गलत अभ्यासलाई निराकरण गर्न र बीमाको पहुँच आम नागरिक समक्ष पुयाउनको लागी गरेको प्रयासका विषयमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक उपनिर्देशक सचिन राईले आफनो प्रस्तुतिकरण राख्नुभएको थियो।

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत ले बीमाको महत्व र आवश्यताको विषयमा सम्पुर्ण उद्योगी ब्यावसायिलाई बुझाउनु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । अन्तरक्रिया कार्याक्रममा अन्डर इन्सुरेन्स, बाँदरको आक्रमणबाट भएको क्षति बीमाले व्यहोर्ने–नव्यहोर्ने, बीमा लेख नभएका बाली तथा पशुको बीमा, अभिकर्ताले बीमाङ्क बढी राखेर गराइने बीमा निरन्तरता समस्या, प्राधिकरणले बीमा गराउने÷नगराउने, तथा ओर्जिनल बीमा पोलिसी हराएमा के गर्ने भन्ने विषयमा प्रश्न–उत्तर भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम चन्द्र कुलुङ्ग ले घरेलु तथा साना उद्योग कार्यालयले आगामी दिनमा आम घरेलु तथा साना उद्योगी ब्यावसायिलाई बीमाको महत्व र यसको आवश्यकताको विषयमा बुझाएर आफनो उत्पादकत्वमा हुने हानी एवम नोक्सानीबाट कसरी बच्न सकिन्छ भन्ने तर्फ कार्यालयले सरोकारबाला निकाय सगँ समन्यय गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष सुनिता काफ्लेले बीमाको महत्वको विषयमा आम रुपमा सरकारी सयन्त्रले गाउँ गाउँमा रहेका घरेलु उद्योग तथा व्यावसाय समक्ष निरन्तर रुपमा सहयोगी माध्यमबाट जनचेतना पुयाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राधिकरण प्रमुख प्रिती देवले सम्पत्ति, भवन, स्टक, दुर्घटना तथा स्वास्थ्य बीमा जस्ता उपयुक्त योजना छनौट गर्न आग्रह गर्नुभयो। साथै बीमा तालिम, गोष्ठी, बीमा मेला आयोजना, रेडियो तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सूचना प्रसारण, दाबी प्रक्रियाबारे जानकारी, उजुरी व्यवस्थाको प्रयोग तथा उपलब्ध अनुदान उपयोगसम्बन्धी जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ, पूर्व अध्यक्षहरू, जुत्ता, ग्रिल, अल्लो, सिलाई–कटाइ, किराना, कृषि, अचार, होटल, फर्निचर व्यवसायीसहित बीमक प्रतिनिधि तथा होटल व्यवसायी संघका प्रतिनिधिहरूको सहभागिता थियो।

 

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...