CG Electronics
IME Life
NIMB

मध्य चमेलिया जलविद्युत अगाडि बढ्दै, दार्चुला पावरको साधारण सभाले आइपिओ निष्काशन पारित

NIMB
Himalayan Bank

 

काठमाडौं। दार्चुला पावर लिमिटेडको वार्षिक साधारण सभा मङ्सिर १२ गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्मका सबै सामान्य र विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ।

दार्चुला पावर लिमिटेड, अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी, हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब ५६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले जनाएको छ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारित भएको छ। प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालनगत चुनौती तथा आगामी वर्षका रणनीतिक लक्ष्यहरू समेटिएका थिए। साथै, वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायतका सबै वित्तीय विवरणहरू पनि स्वीकृत गरिएको छ।

कम्पनीले वित्तीय शिस्त, लागत नियन्त्रण र आयोजना–केन्द्रित खर्च व्यवस्थापनमा देखाएको पारदर्शिताको सभामा प्रशंसा गरिएको थियो।
साथै, नयाँ लेखापरिक्षक नियुक्तिको प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

साधारणसभाले कम्पनीका साधारण सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने प्रस्ताव पारित गरेको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी IPO प्रक्रियालाई अगाडि बढाइसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिएका छन्।
साथै, कम्पनीले अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्न तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ।

सभामा बोल्दै सञ्चालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै, निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको संयोजनले आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो।

यो साधारण सभा र IPO पहलले दार्चुला पावरको स्थिर वित्तीय आधार, परियोजना सम्पन्नता र सेयरधनी विश्वासमा थप मजबुती ल्याउने अपेक्षा गरिएको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...