CG Electronics
IME Life
NIMB

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ कार्ड–आधारित पेमेन्ट गेटवे सुरु

NIMB
Himalayan Bank

काठमाडौं। एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा डिजिटल कारोबारलाई थप सुरक्षित तथा सहज बनाउन कार्डमा आधारित नयाँ अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ। बैंकले यसको माध्यमबाट देशभरका भौतिक तथा अनलाइन ई–कमर्स व्यवसायीहरूलाई एकीकृत तथा सुरक्षित भुक्तानी सेवा उपलब्ध हुने बताएको छ।

नयाँ गेटवे प्रयोग गरी व्यवसायीहरूले स्वदेशी तथा विदेशी बैंकहरूले जारी गरेका सबै प्रकारका कार्डबाट भुक्तानी स्वीकार गर्न सक्नेछन्। नेपालमै होइन, विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसाय विस्तारमा महत्वपूर्ण मद्दत पुग्ने बैंकको दाबी छ।

पेमेन्ट गेटवेमा अत्याधुनिक सुरक्षा प्रविधि समावेश गरिएको बैंकले जनाएको छ। यसमा कारोबार प्रमाणीकरणका लागि वन–टाइम पासवर्ड (OTP) वा पासवर्ड अनिवार्य रहने व्यवस्था गरिएको छ, जसले अनधिकृत कारोबारको जोखिम न्यून गराउँदै समग्र सुरक्षा स्तर बढाउने अपेक्षा गरिएको छ।

एनएमबि बैंकका अनुसार, यो साझेदारीले देशमा ई–कमर्स विकास र डिजिटल वित्तीय प्रणालीलाई थप गति दिनेछ। अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा उक्त गेटवे जडान गरी सुरक्षित कार्ड भुक्तानी सुविधा दिन एनएमबि बैंकसँग सम्पर्क गर्न सक्नेछन्।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...