CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख सहयोग

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १ करोड ५० लाख सहयोग प्रदान गरेको छ। मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल, तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सो सहयोग रकमको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेपछि यसको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यका लागि नेपाल सरकारद्वारा स्थापना गरिएको कोषलाई नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो।

समारोहमा बोल्दै अध्यक्ष संघईले नेपाल लाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवा तथा सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै सार्वजनिक संरचनामा भएको क्षतिको पुनर्निर्माणमा योगदान गर्न पाउँदा खुशी लागेको बताए। उनले आगामी दिनहरूमा पनि यस्ता सहयोगका गतिविधिमा कम्पनी सधैं अगाडि रहने प्रतिबद्धता जनाए।

अर्थमन्त्री खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यसले राष्ट्रिय पूर्वाधार पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुगेको बताए। उनले आगामी दिनमा पनि निजी क्षेत्रबाट यस्तै सहकार्य र समर्थनको अपेक्षा रहेको उल्लेख गरे।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...