CG Electronics
IME Life
NIMB

सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने ६१ मेगावाट नार खोला जलविद्युत आयोजनामा कुमारी बैंकको अगुवाइमा ५ बैंकको लगानी

NIMB
Himalayan Bank

 

काठमाडौं । मनाङमा निर्माण हुन लागेको ६१.११ मेगावाट क्षमताको नार खोला जलविद्युत आयोजनाका लागि कुमारी बैंकको अगुवाइमा पाँच वटा बैंकहरूले संयुक्त रूपमा वित्तीय लगानी गर्ने भएको छ। सोमबार आयोजित कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले ऋण लगानी सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंगाएका हुन्।

नार्पा भूमि र नासोँ गाउँपालिकास्थित नार खोला तथा सोती खोलाको पानी समायोजन गरी ६१.११ मेगावाटको आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको छ। प्रवद्र्धक कम्पनी  नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अनुसार आयोजना निर्माणका सबै प्रक्रिया पूरा भइसकेका छन्। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (PPA) यसअघि नै सम्पन्न भइसकेको छ।

कुमारी बैंकको अगुवाइ तथा नेपाल एसबिआई बैंकको सह–अगुवाइमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकका रूपमा सहभागी हुँदै आयोजनामा लगानी गर्ने वित्तीय संरचना तय गरिएको छ।

आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाटघण्टा विद्युत उत्पादन हुने अनुमान छ। करिब ८ किलोमिटर लम्बाइको हेडरेस टनेलमार्फत पानी पेनस्टक पाइप प्रयोग गरी नासोँ गाउँपालिकास्थित पावरहाउसमा पुर्‍याई विद्युत उत्पादन गरिनेछ। उत्पादन भएको विद्युत मनाङमै निर्माणाधीन धारापानी सबस्टेशनमा जोडिनेछ।

करिब १२ अर्ब ८४ करोड लागत अनुमान गरिएको परियोजनामा ९ अर्ब ६३ करोड बैंक कर्जा र ३ अर्ब २१ करोड स्वपूँजी रहनेछ। यसमध्ये सिंगटी हाईड्रो इनर्जी लिमिटेडको प्रमुख लगानी रहने आयोजित कम्पनीले जनाएको छ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...