CG Electronics
Ncell NPL
TATA Banner

देशको दुख : गाउँ रित्तिदै, शहर अराजकतामा

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । अर्थात हिजो मंगलबारको गोरखापत्र दैनिकमा ‘फ्रन्ट पेज’मै एउटा यस्तो सामाचार थियो ‘गाउँसगै विद्यालय पनि रित्तिदै’ । हुन त सो समाचारले अहिलेको शासन, प्रशासन र राजनीतिलाई के पो सरोकार राख्ला र ! कसले पो सुन्ला देशको दुर्दान्त कथाहरु ।

त्यसमाथी हालैको जेनजी विद्रोह, त्यसपछिको ट्रर्याक बाहिरको राजनीति, दलहरुबीचको टकराब, बैमनस्यता, दिनहुँको आन्दोलन, अराजकता र अशान्तीको मौसममा ती समाचारहरु कसलाई के सरोकार ?

उद्योग धन्दा बन्द हुने र राजनीतिक दलहरु खुल्ने अनि नयाँ–नयाँ रङगी–बिरङगी नेताहरु जन्मने मौसममा ती समाचारको के अर्थ ?

तर सो समाचारको अन्तर्यकथाले सोचमग्न आम नेपालीलाई रिरोल्छ । समाचारमा भनिएको छ ‘गाउँ छोडेर अधिकाशं मानिसहरु बालबच्चा बोकर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभुत विधालय बन्द हुदैछन् ।’ गत बर्षको तुलनामै बैतडी जिल्लाका सामुदायिक विद्यालयमा झण्डै ८ हजार विधार्थी घटेका छन् । खासगरी बेरोजगारीकै परिणाम स्वरुप त्यसरी मानिसहरु गाउँबाट घरै ताल्चा लगाएर बाहिरीएका छन् । पहाडी जिल्लाहरुमा त त्यसरी बाहिरीनेहरुले घरै नर्फकने गरि छोडेर हिँडेका छन् ।

एउटा जिल्लाकै अवस्था यस्तो छ भने पुरै देशको अवस्था र कथाको अन्तर्य कस्तो होला ?

कसले गर्ने त्यसको वास्तविक अध्ययन ?

त्यसरी गाउँ नै छोडेर, देशै छोडेर मानिसहरु पलाएन भइरहँदा किन दुखिरहेको छैन देशको टाउको ? अहिले गाउँ छाड्ने, घरै छाड्ने र देशै छाड्ने समस्याको चुरो कारण बेरोजगारी हो । सरकारले हरेक बर्षको बजेटमा देश नै खाली हुने डरलाग्दो बेरोजगारी समस्यालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने होइन् । बजेटको मुल प्राथमिकता त्यसैमा हुनुपर्ने, नीतिको प्राथमिकता त्यसैमा हुनुपर्ने र दलहरुको प्राथमकिता त्यसैमा हुनुपर्ने हो नी ।

जनतालाई देशमा बस्ने वातावरण बनाउन नसक्नेहरुले देशलाई रिसंगापुर वा स्वीजरल्याण्ड बनाउछौं भनेर किन खोक्नु ?

शहर अराजकताको केन्द्र

शहरप्रति मानिसहरुको मोह घट्दो छ । तर मानिसहरु थुप्रनुपर्ने बाध्यताको केन्द्र बनिरहेको छ शहर । किनकी अवसर र रोजगारी केन्द्रिकृत भएकाले पनि शहर बाध्यताको केन्द्र छ । खासगरी संघीय प्रणाली लागु गरिए पनि त्यसको वास्तबिक रुपमा लागु नगरिँदा, संघीयताका सिद्धान्तहरु अलपत्र पर्दा देशले उही राजतन्त्रकालिन पुरानो अवस्था झेलिरहेको छ ।
खासगरी शहर अराजकताको केन्द्र पनि बनिरहेको छ ।

यहाँ मानवता हराएका छन् । यहाँ शक्ति र पैसा हुनेहरुले जे गर्दा पनि हुने अवस्था छ । कानुनको परिपालना निकम्मा भएकै कारण शहर अशान्त र अस्तब्यस्त छ । अन्यन्त्र शहरहरु शान्तिको केन्द्र बनिरहँदा, सुबिधा र अवसरहरुको केन्द्र बनिरहँदा नेपालका शहरहरु अराजकताले जकडिएका छन् ।

४० लाख भन्दा बढी मानिस बासोबास गर्ने काठमाण्डौ उपत्यका (काठमाण्डांै, ललितिपुर र भक्तपुर) झन् बढी अशान्त बनिरहेको छ । घरी माओवादी जनयुद्धको प्रभाव, घरी भुकम्पको मार, घरी कोरोना तथा डेङगुको प्रकोप, घरी बाढी तथा ढुबान । हुँदा–हुँदा अहिले त नयाँ पुस्ताको गम्भीर चुनौती र विद्रोहले शहर आक्रान्त छ ।

दिनहुँ दशथरी समुहहरुका आन्दोलन हुन्छन् । आन्दोलन गर्छौ भनेर धम्की दिनेहरु त कति कति ! जलेका घर सम्पत्तिहरु, सरकारी कार्यालयहरुका खरानी टकटकाइएका छैनन् । फेरी आन्दोलन गर्ने धम्कीहरु एक होइन् अनेक कोणहरुबाट आइरहेका छन् ।

राजावादीहरु आन्दोलनमा थिए, आन्दोलन फेरी गर्छौ भनिरहेका छन् । जेनजीहरु पढाइ लेखाई हापेरै आन्दोलनमा छन् । भनिरहेका छन् पुराना राजनीतिक दलहरुले अति गरे, भष्टाचार गरे, देश नाकाम बनाए, विकास गरेनन् । उनीहरु फेरी पनि आफना माग र मुद्धा सम्बोधन नभए आन्दोलननै गर्छौ भनिरहेका छन् । कतिपय ठुला भनिएका राजनीतिक दलहरु समेत निर्वाचन आयोगमा लाजगाजले दल त दर्ता गराएका छन् । च्याखे थापेका छन् तर भदौ २३ अघिको अवस्था फर्काउन उनीहरु हरहमेशा लागिरहेका छन् ।

एमालेले त जेनजी आन्द्रोलन र विद्रोहको परिणाम स्वीकारै गरेको छैन, संसद प्ुर्नरस्थापनाका लागि आन्दोलनरत छ । सर्वोच्च अदालतमा संसद प्ुर्नरस्थापनाका लागि मुद्धा दायर गरिसकेको छ । फागुन २१ म निर्वाचन हुन्छ वा कथाले अर्कै रुप लिन्छ वा के हुने हो भन्न सकिने अवस्था छैन । यद्यपी अन्तरीम सरकार चुनाब गर्छौ, फागुन २१मै चुनाब हुन्छ भनिरहेको छ । तयारी पनि राम्रैसँग गरिरहेको देखिन्छ । द्धान्द्धात्मक अवस्थालाई भड्काउने भन्दा निर्वाचनका लागि सालिन रुपमा, भब्य रुपमा सरकार लागिरहेको देखिन्छ ।

देशमा एक हिसावको रमिता चलिरहेको देखिन्छ । भविष्यमा के हुन्छ थाहा छैन् । तर, यत्ति हो, देश झन्–झन् अराजकता र अशान्तीतर्फ उन्मुख छ । खासगरी त्यो अराजकता र अशान्ती प्रम्ुख शहरहरुमा बढी केन्द्रित छ । आनन्दले आफनै पेशा, ब्यवसाय गरेर शान्तीको जिवन गुर्जान चाहनेहरु अनेक कोणबाट भिक्टिम छन् । भविष्यको दृष्टिगोचर गर्ने हो भने देशमा बस्ने माहोल नै छैन । यो अराजकता सहेर, यो अशान्तीको भड्खालोमा रुमलिएर कसलाई बस्न मन होला र ? धेरैले देशप्रति भरोषा गुमाएका छन् । यो संकटपुर्ण घडीमा पुराना दलहरु नेपाली काँङग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नयाँ उदाएको रास्वपा, राप्रपा, मधेशवादी दलहरु सबैले विवेक गुमाएनन् र चुनाबमा भाग लिए । चुनाब हुने वातावरण आफ्ना तर्फबाट बनाए भने चुनाब हुन्छ ।

र, मुलुक नयाँ मोडमा अघि बढ्ला पनि । किनकी जेनजी आन्दोलनको हालैको रापतापले यसपटक धेरै युवा पुस्ताहरु चुनिएर आउने सम्भावना छ । यदी दलहरु संयमित भएनन् र निर्वाचन आफनै बोली र ब्यवहारका कारण विथोले भने देश बर्बाद हुनेछ । जनप्रतिनिधि विहिन हुनेछ । अस्थिरता र विदेशीहरुको खेल मैदान हुनेछ । त्यसकारण हरेक विवेकशील नागरिकले स्थीति फड्काउने होइन् शान्ति र स्थीरता सहित निर्वाचनको माहोल बनाउनु पर्छ । अन्यथा आम नेपाली जनताको भविष्य अन्धकारमय हुनेछ ।

अहिले त काठमाण्डौ उपत्यकाकै कुरा गर्ने होे भने तरकारी, खाद्यन्य लगायतका उपभोग्य वस्तुहरुमा महंगी अचाक्ली छ तर कसले त्यसको नियन्त्रण गर्ने ?

बिहान र साँझ रिङ्गरोडमा गुड्ने बसहरुमा मान्छेहरु चढ्न सक्ने अवस्थामा छैनन् जो जहाँ पनि लुटिने, कुटिने अवस्था छ । सहचालक तथा गाडीवालाहरुको पेसेन्जर प्रतिको ब्यवहार उस्तै हेपाहा, कर्कशलाग्दोे छन् । उपत्यका भित्रने र बाहिरिने गाडीहरुले चाडबाडका नाममा जतिपनि भाडा असुलेका छन् ।

कसले नियन्त्र गर्ने ?

शहरमा अपराधीहरु बढीरहेका छन् । गँजडी, लागु दुब्यसनी गर्नेहरु बढीरहेका छन् । रक्सी खाएर मातेका मान्छेहरु यत्रतत्र भेटिन्छन् र उनीहरुले मान्छेहरुलाई तर्साइरहेका छन् । सताइरहेका छन् ।

कसले नियन्त्रण गर्ने ?

हालैको जेनजी आन्दोलनको क्रममा ३ जना नेपाल प्रहरीले साहदत प्राप्त गरे । एक हजार भन्दा बढी घाइते भए र देशभरीका प्रहरी कार्यालयहरु जले । जसकारण उनीहरुको मनोवल कमजोर भएको देखिन्छ । त्यसमाथी ६ हजार भन्दा बढी हतियार र एक लाख गोलीगठ्ठा हराएका छन् त्यसक्रममा ।

५ हजार भन्दा बढी जेलमा रहेका अपराधीहरु भगेका छन् । अनि भन्नुस् त समाज कति त्राहिमाम छ अहिले । त्यत्रा अपराधी, हातहतियार प्रहरीको नियन्त्रण बाहिर छ । जसले समाजलाई तर्साइरहेको छ । ती हतियार लिएर भागेकाहरुले समाजमा भित्रभित्र कति पिडा दिइरहेका होलान् कतिलाई सताइरहेको होलान् । त्यसको अनुमान गर्न सकिदैन ।

अनि यो शहर कसरी शान्त हुनसक्छ ?

कसरी बस्न लायक छ? प्रहरीका दर्जनांै हतियारधारी सिपाइहरु लिएर बसेका नेता, पुर्बप्रमहरु समेतले असुरक्षा भयो । सुरक्षा पाउँ भनिरहेका छन् भने आम नागरिक जोसँग केही छैन्, अभाव र गुनासाहरु बाहेक उनीहरु कसरी शान्त भएर बसुन् । त्यसकारण सरकारले काठमाण्डौ उपत्यका लगायतमा यस्ता अराजकताहरु मथ्थर गरोस् । त्यसको लागि प्रयत्न गरोस् ।

काठमाण्डौ उपत्यका मात्रै होइन् देशका प्रमुख शहररुहको हाल करिव उस्तै हुदैछन् । शहर अवसरको कन्द्र बन्नुपर्नेमा अराजकता र अब्यवस्थाको केन्द्र बनिरहेको छ । अघिल्लो महिना वीरगञ्ज महानगरमा झाडापखाला र हैजा फैलियो । धेरै मान्छे त्यसले बिरामी भए । केहीले त ज्यानै गुमाए ।

त्यो काबु बाहिर गएपछि झाडापखाला विरुद्ध भ्याक्सिनै लगाउन पने स्थीति बन्यो । हामीले कस्तो शहर बनाऔं, जसकारण हरेक चुनौतीहरु शहरले सामाना गरिरहेको छ । शहरहरु अति नै प्रदुषित हुदै गएका छन् । कतिपटक त काठमाण्डौ उपत्यका विश्वकै प्रदुषित शहर भनेर घोषित भयो ।

विशाक्क्त खानाका केन्द वनिरहेका छन् शहरहरु । स्वदेशी उत्पादन नहुँदा भारत लगायतमा अधिक विशादी प्रयोग गरी फलाइएका तरकारी तथा फलफुल सेवन गर्ने बाध्यता नेपालीहरुलाई छ । त्यसले रोगब्याधी बढाइरहेको छ । विदेशी रेमिटयान्स्ले चलेको देशको अर्थतन्त्र अधिक आयातले टाट पल्टाइरहेको छ ।

यो रियालीटीको महसुस कहिले हुन्छ ?

अनि सुधार कहिले ?

गाउँ बस्न लायक तर रित्तिदैँ

हिजोआजका दिनहरुमा नेपालको सुदुर गाउँहरु बस्न लायक भइरहेका छन् । गाउँहरुमा बाटोघाटो पुगेको छ । सञ्चार र शिक्षालयहरु प्ुागेका छन् । तर मान्छेहरु भने गाउँबाट नै भागिरहेका छन् । गाउँले मान्छे खोजेको छ, मान्छेहरु गाउँबाट शहर र शहरबाट देशै छाडेर भागिरहेका छन् । यो सबै कुशासनले गर्दा हो ।

कोही पनि मन्त्री, प्रधानमन्त्री भएपछि ‘ग्राउण्ड रियालिटी’ भन्दा पर रहे । अघिल्लो बर्ष नेकपा एमाले सरकार विमुख हुँदा उसले मध्यपहाडी लोकमार्ग भएर पुर्बपश्चिम जागरण अभियान चलायो । माओवादीले पनि त्यसै गर्यो । त्यसक्रममा पहाडमा कम्तिमा ५ लाख घरहरु रित्ता रहेका, छाडेर मान्छेहरु तराइ वा शहर छिरेका वा देशै छाडेका भनेर अनुमान गरिए । हालै लमजुगंको केही गाउँहरु डुल्दा पक्तिंकारले पनि धेरै घरहरु ताल्चा लगाइएका, मान्छेहरु हराएका देखेको हो ।

अहिले नेपालको सतप्रतिशत गाउँ–ठाउँमा बिजुली, सञ्चार पुगिसकेको छ । सडकहरु जहाँतहिँ पक्की रुपमै पुगिसकेका छन् । सिमित ठाउँहरुलाई थाती राखेर गाउँमा खानेपानीको पनि अभाव छैन । तरकारी, फलफुल र अन्नपात त गाउँमै फल्ने भइहाल्यो । स्वच्छ हावापानी सहित बस्न लायक हुदै गएको गाउँलाई मान्छेहरु लात मारिरहेका छन् । विकृति र विसंगतीको शहरी छानामुनी मान्छेहरु ओत लागिरहेका छन् ।

यसको एउटै कारण बेरोजगारी हुनसक्छ् । वास्तम्वमा गाउँमा रोजगारी कम छ । गाउँलेहरुले अलिअलि उत्पादन गरेका अन्नपातहरु पनि बेच्ने बजार छैन । त्यसलाई सरकारले कहिल्यै सम्बोधन गरेन । गाउँमा मान्छेहरु अडिन त्यहाँ रोजगारी र आम्दानी हुनेगरी वातावरण बन्न सक्नुपर्छ । अनिमात्र गाउँ रित्तिने छैन र छोडेर गएकाहरु फर्कनेछन् ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

नेशनल लाइफले लुम्बिनी प्रदेशका सिईओ क्लब सदस्य अभिकर्तालाई सम्मान

नेशनल लाइफले लुम्बिनी प्रदेशका सिईओ क्लब सदस्य...

वि.सं.२०८२ मंसिर २१ आइतवार २२:३१

  काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशस्थित होटल...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर...

वि.सं.२०८२ मंसिर २१ आइतवार २१:५९

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:५२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त...

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:१८

  काठमाडौँ । नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई...