CG Electronics
IME Life
NIMB

नेशनल लाइफले लुम्बिनी प्रदेशका सिईओ क्लब सदस्य अभिकर्तालाई सम्मान

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशस्थित होटल लुम्बिनी हेरिटेजमा आयोजित विशेष कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्व रहेको थियो।

कम्पनीले सो आर्थिक वर्षमा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी सिईओ क्लबका सदस्य बन्न योग्य ठहरिएका ३४० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा लुम्बिनी प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको उपस्थितिमा सम्मान समारोह सम्पन्न गरेको हो।

कार्यक्रम प्रमुख खत्रीले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए। समारोहमार्फत लुम्बिनी प्रदेशबाट सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरी सम्मान गरियो। साथै, आफ्ना कोड तथा संजालमार्फत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

यस अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गरिएको थियो।

उद्घाटन समारोहमा सीईओ खत्रीले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य अभिकर्ताहरूलाई प्रदेश–स्तरमै सम्मान गर्ने परम्परा जारी राख्दै आएको उल्लेख गर्दै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सम्मान कार्यक्रम सकिएको तथा लुम्बिनीपछि बाँकी प्रदेशहरूमा समेत चाँडै कार्यक्रम सम्पन्न हुने जानकारी दिए।


उनका अनुसार, सिईओ क्लब योजनामा नेपालभरबाट १६०० भन्दा बढी अभिकर्ता छनोट हुनु स्वयं योजनाको सफलताको प्रमाण हो, जसले अभिकर्तालाई व्यवसायिक उन्नतिमा ठूलो प्रेरणा प्रदान गरेको छ।

समारोहमा सहभागी अभिकर्ताहरूका लागि प्रसिद्ध अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले तालिम प्रदान गरेका थिए। उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय नभई सेवा भावसँग जोडिएको पवित्र पेशा भएको उल्लेख गर्दै, यस क्षेत्रमा सफलताका आधारहरू इमान्दारिता, निरन्तरता र आत्मसमर्पण—भएको बताए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरको तालिम तथा सीईओबाट प्राप्त सम्मानले थप उत्साह, प्रेरणा र पेशागत उर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...