CG Electronics
IME Life
NIMB

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित भिभो एक्स३०० प्रो नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै

NIMB
Himalayan Bank

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा ल्याउने तयारीमा छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै, नयाँ डिभाइस प्रतिको उत्सुकता देशभर तीव्र बन्दै गएको छ । जाईस् सँगको सहकार्यमा विकसित भिभो एक्स३०० प्रोले नेक्स्ट–जेन इमेजिङ र नयाँ ओरिगिन ओएस् ६ सहित नेपाली बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ ।

बजारमा आएको प्रारम्भिक जानकारी अनुसार भिभो एक्स३०० प्रोमा भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणाली समावेश गरिने अपेक्षा गरिएको छ । जीवन्त, प्राकृतिक र भावनात्मक क्षणहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई ध्यानमा राखेर भिभोले जाईस्सँगको सहकार्यमा टेलिफोटो स्पष्टता र लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गर्ने अत्याधुनिक प्रविधिहरू समावेश गरेको छ । यसको मुख्य आकर्षण भनेकै २०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा हो, जसले सूक्ष्म विवरणलाई पनि अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यसलाई साथ दिने भिभोको जाईस् गिम्बल ग्रेड मेन क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक रूपमा क्याप्चर गर्न मद्दत गर्छ।

डिभाइसको इमेजिङ सेटअपमा थपिएको ५० मेगापिक्सेल जाईस् वाइड–एंगल फ्रन्ट क्यामराले सेल्फी तथा ग्रुप फोटो लाई अझ स्पष्ट, फराकिलो र प्रभावकारी बनाउनेछ । भिभो एक्स३०० प्रोले प्रो इमेजिङ चिप भियस् वन र संयुक्त रूपमा परिभाषित डाइमेन्सिटी ९५०० चिपसेटसहित परिचालन हुनेछ, जसमा समावेश भी थ्री प्लस इमेजिङ चिप र भिभोद्वारा विशेष रूपमा विकास गरिएको उच्च–दक्षता इमेजिङ एनपियुले प्रक्रियालाई झनै छिटो, सुगम र कुशल बनाउँछ । भियस् वनले प्रत्येक फ्रेमको प्रि–प्रोसेसिङ सम्हाल्नेछ भने भी थ्री प्लस चिपले पोस्ट–प्रोसेसिङलाई थप सुदृढ बनाउनेछ।
इमेजिङ क्षमताभन्दा बाहिर, भिभो एक्स३०० प्रोले डिउराबिलीटी साईडमा पनि प्रिमियमनेसमा उत्तिकै ध्यान राखेको छ । प्रारम्भिक सूचनाअनुसार, डिभाइसमा आर्मोर गलासको प्रयोग गरिएको छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ । लामो समयको प्रयोगलाई लक्षित गर्दै, भिभोले यसमा ६५१० ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जको संयोजन राखेको छ, जसले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप सुनिश्चित गर्छ।

भिभो एक्स३०० प्रो प्रति नेपाली बजारमा चासो बढ्दै गएको अवस्थामामा, कम्पनीले अत्याधुनिक हार्डवेयर, उन्नत सफ्टवेयर र शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनको नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरिरहेको छ । छिट्टै सार्वजनिक हुन लागेको यो फ्ल्यागशिप डिभाइसले प्रयोगकर्ताहरूलाई आफ्ना विशेष क्षणहरू अझ स्पष्ट, यथार्थ र आत्मविश्वासका साथ क्याप्चर तथा साझेदारी गर्न सक्षम बनाउनेछ ।

 

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...