CG Electronics
IME Life
NIMB

सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश गर्दै, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका साथ कम्पनी अगाडि बढेको बताएको छ ।

यसै सन्दर्भमा सत्यदिप इन्टरनेसनलले एसियाकै सबैभन्दा ठूलो र विश्वसनिय ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित क्यामेल ग्रुपसँग सहकार्यको घोषणा गरेको छ । कम्पनीद्वारा उत्पादित ‘क्यामेल’ ब्रान्डका उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।

क्यामेल ब्रान्डका दुईपांग्रे, तीनपांग्रे र ई–रिक्साका लागि उपयोगी लिथियम आयोन ब्याट्री उपलब्ध हुनेछन् । यी ब्याट्री दुईपांग्रे इलेक्ट्रिक मोटरसाइकल वा स्कुटर, तीनपांग्रे अटोरिक्सा, प्यासेन्जर ई–रिक्सा र कार्गो वा डेलिभरी भेइकलको रुपमा परिचित लोडरहरुमा प्रयोग गर्न सकिने छ । यी ब्याट्री दीर्घकालीन रुपमा टिकाउ छन् भने एड्भान्स्ड बीएमएस सहित बढी सुरक्षित छन् । नेपालको हावापानी अनुसार यी ब्याट्रीको पर्फमेन्स निकै नै राम्रो हुने कम्पनीको भनाइ छ ।

त्यसैगरी होम युपीएस र इन्भर्टर सिस्टमका लागि उपयोगी लिथियम आयोन ब्याट्री पनि उपलब्ध हुनेछन् । यी ब्याट्री रेसिडेन्सियल युपीएस, होम इन्भर्टर र सोलार हाइब्रिड सिस्टमका लागि डिजाइन गरिएका छन् । यी ब्याट्री लिड एसिड ब्याट्री भन्दा पाँच गुणा टिकाउ हुन्छन् भने छिटो चार्ज हुने, उच्च प्रयोग क्षमताका साथै कम्प्याक्ट र मेन्टिनेन्स–फ्रि समेत छन् ।

यी वाहेक कम्पनीले कमर्सियल र इन्डष्ट्रियल स्टोरेजका लागि समेत उपयोगी कम्प्लिट सोलुसन विकास गरिरहेको छ । यी ब्याट्री साना वा ठुला उद्योग देखि सोलार इनर्जी स्टोरेज, टेलिकम टावर र डाटा सेन्टर तथा क्रिटिकल ब्याकअपमा समेत प्रयोग गर्न सकिन्छ ।

क्यामेल ग्रुप कम्पनी लिमिटेड सन् १९८० मा स्थापना भएको हो र यो हाल एसियाकै सबैभन्दा ठूलो र अग्रणी अटोमोटिभ ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित छ । चीनको हुवेई प्रान्तको जियाङयाङमा यसको हेडक्वाटर रहेको छ । कम्पनी लिड–एसिड ब्याट्री, पावर लिथियम–आयोन ब्याट्री, इनर्जी स्टोरेज सिस्टम र वेस्ट ब्याट्री रिसाइक्लिङ वा ग्रिन म्यानुफ्याक्चरिङको विशेषज्ञ मानिन्छ । त्यसैगरी सन् २०२२ मा स्थापना भएको क्यामेलको सहायक कम्पनी युलेक्ट्रिक टेक्नोलोजी एड्भान्स्ड होम इनर्जी स्टोरेज सिस्टम र स्मार्ट लिथियम ब्याट्री टेक्नोलोजी लगायतमा केन्द्रित छ । ४० वर्ष भन्दा लामो समयको अनुभवका साथ क्यामेलले विश्व स्तरको गुणस्तर, प्रविधि र उत्पादन सक्षमता सुनिश्चित गर्छ ।

लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश पश्चात सत्यदिप इन्टरनेसनलले सफा मोबिलिटी, नवीकरणीय उर्जा प्रयोग, दिगो पावर भण्डारण र आधुनिक इन्डष्ट्रियल ब्याकअप सिस्टममा योगदान गर्ने लक्ष्य राखेको बताएको छ । ग्राहक, व्यवसायी र देशभरका उद्योगहरुमा उच्च गुणस्तरीय, भरपर्दो र सबैका लागि उपयुक्त लिथियम आयोन समाधान गर्ने कार्यमा सदैव प्रतिबद्ध भएको समेत सत्यदिप इन्टरनेसनलले बताएको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...