CG Electronics
IME Life
NIMB

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति वितरण

NIMB
Himalayan Bank

 

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको परिस्थितिलाई ध्यानमा राख्दै शिवम् सिमेन्ट लिमिटेडले हेटौँडा–१७, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयका छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रभित्र पर्ने उक्त विद्यालयमा अध्ययनरत १ देखि ८ कक्षासम्मका १०४ जना छात्राहरूका लागि चालू शैक्षिक सत्रको आठ महिनाको शुल्क बराबरको छात्रवृत्ति हस्तान्तरण गरेको हो। छात्रवृत्ति हस्तान्तरण कार्यक्रम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममार्फत सम्पन्न गरिएको थियो।

कार्यक्रममा १७ नं. वडा जनप्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थिति रहेको थियो। कम्पनीका अनुसार छात्रवृत्तिबाट छात्राहरूको मनोबल बढ्ने र विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने अपेक्षा गरिएको छ।

विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुगेकोप्रति शिवम् सिमेन्टप्रति आभार व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए। उनले उद्योग स्थापना भएको २०७८ सालदेखि निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी सत्रदेखि पूर्ण छात्रवृत्ति उपलब्ध गराउन आग्रह पनि गरे।

यसअघि पनि शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा कम्पाउन्ड वाल निर्माण, स्कुल बस व्यवस्था, कम्प्युटर–प्रिन्टर तथा अन्य शैक्षिक सामग्री प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...