CG Electronics
IME Life
NIMB

गगन थापाको ‘सर्वसम्मत’ हल्ला : भ्रम कि यथार्थता ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का सांसद गगनकुमार थापा पुनः एक पटक ‘सर्वसम्मत सिफारिस’ भएको भन्ने हल्ला फिजिँदै जाँदा क्षेत्रभित्र नै विवाद र असन्तुष्टि चुलिएको छ।

मंसिर २३ गते काठमाडौं–४ का वडा तथा प्रदेश निर्वाचन क्षेत्र तहका बैठक सिफारिसबिनै, नियम विपरीत बोलाइएको क्षेत्रीय नेताहरूको आरोप छ। उम्मेवारी सिफारिसका लागि बोलाइएको बैठकमा माइन्युट तयार नगरी उपस्थितिबाट हस्ताक्षर संकलन गरी बैठक स्थगित गरिएको थियो। तर, भोलिपल्ट २४ गते सामाजिक सञ्जालमा गगन थापा पाँचौ पटक पनि ‘सर्वसम्मत उम्मेदवार’ सिफारिस भए भन्ने समाचारहरू फैलाइएपछि कार्यकर्ताहरू थप आक्रोशित बनेका छन्।

यसअघि पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पराजित गर्ने उम्मीदवार सुप्रभा घिमिरेका सन्दर्भमा समेत यस्तै प्रकारको ‘मिडिया ट्रायल’ गरिएको थियो। आकाक्षीहरूले उम्मेदवारी फिर्ता नलिएका अवस्थामा ‘सर्वसम्मत’ कसरी सम्भव हुन्छ ? भन्ने प्रश्न क्षेत्रीय नेताहरूले उठाइरहेका छन्।

काठमाडौं–४ कांग्रेसभित्रको असन्तुष्टि यही हो—गगन थापाले लोकतान्त्रिक प्रकृया बेवास्ता गर्दै आफूअनुकूल निर्णय गराउँछन्, बैठकमा चाहिने सबै सदस्यको माइन्युट नहुने, प्रक्रियालाई कमजोर बनाउने तथा ‘सर्वसम्मत’ भन्ने भ्रम सृजना गर्ने गतिविधि दोहोरिन्छ।

पछिल्लो समय सर्लाही, धनकुटा, रोल्पालगायत जिल्लाबाट गगन थापा सर्वसम्मत सिफारिस भएको समाचार आइरहँदा, उहाँकै क्षेत्र ४ मा भने निरन्तर ३० वर्षभन्दा बढी समयदेखि एउटै व्यक्तिलाई उम्मेदवार बनाइराख्ने परिपाटी कत्तिको लोकतान्त्रिक ? भन्ने प्रश्न बलियोसँग उठिरहेको छ।

केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन चाहनेहरू क्षेत्रीय कार्यकर्ताहरूसँग सोध्न थालेका छन्—
“माथि परिवर्तन खोज्ने, तर तल भने ३० वर्षदेखि एउटै व्यक्ति किन परिवर्तन नहुने ?”

गगन थापा जस्ता नेताहरू पार्टी सभापति बने भने पार्टीभित्रको लोकतन्त्र कत्तिको सुरक्षित रहला ? भन्ने चिन्ता पनि कांग्रेस कार्यकर्तामाझ बढ्दो छ।

काठमाडौं–४ का नेताहरूको भनाइ छ—भ्रम फैलाउने, प्रक्रियाविहीन सिफारिस र मिडिया प्रस्तुतिको यस्तो प्रवृत्ति पार्टीको आन्तरिक लोकतन्त्र र संगठनात्मक स्वास्थ्यका लागि प्रतिकूल छ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...