CG Electronics
IME Life
Ncell NPL

नेपाल–भियतनाम आर्थिक सहकार्य विस्तारमा हनोइमा छलफल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। नेपाल र भियतनामबीच कूटनीतिक (दौत्य) सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका व्यवसायीबीच आर्थिक सम्बन्ध विस्तारबारे भियतनामको राजधानी हनोइमा विशेष छलफल गरिएको छ।

भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (VCCI) मा आयोजित छलफलमा नेपाली व्यवसायीहरूले पर्यटन, जलविद्युत्, कृषि, हस्तकला, चिया, कफी तथा जडीबुटी जस्ता क्षेत्रहरूमा भियतनामी लगानीकर्ताका लागि नेपालमा ठूलो अवसर रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भियतनाम आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन आग्रह गर्दै दुवै देशका अर्थतन्त्र एक–अर्काका पूरक बन्न सक्ने बताए। नेपालबाट चिया, कफी, हस्तकला तथा जडीबुटीजस्ता उत्पादन भियतनाममा राम्रो बजार पाउन सक्ने उल्लेख गर्दै उनले प्रत्यक्ष विदेशी लगानीमैत्री कानुन, लाइसेन्स, कर तथा भन्सार प्रशासनमा भएको सुधारले लगानी वातावरण थप सहज भएको जानकारी दिए।

पर्यटन क्षेत्र—होटल, रिसोर्ट, केबलकार, साहसिक पर्यटन तथा वेलनेस केन्द्रहरूमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै ढकालले भियतनामी लगानीकर्तालाई नेपालले स्वागत गर्न तयार रहेको बताए। उनले भियतनामी प्रतिनिधिमण्डललाई आगामी वार्षिक साधारणसभामा सहभागी भई नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्न निम्तो पनि दिए।

VCCI का उप–कार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले भियतनाम नेपालसँग आर्थिक साझेदारी सुदृढ गर्न इच्छुक रहेको बताए। व्यापार र लगानीका क्षेत्रमा हाल ठूलो सहकार्य नभए पनि सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै उनले आगामी दिनमा दुवै देशबीचको आर्थिक सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा थाइल्यान्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा नेपालमा लगानीका अपार सम्भावना रहेको भन्दै दुवै देशले उपलब्ध अवसर सदुपयोग गर्नुपर्नेमा जोड दिए। विश्व अर्थतन्त्रका चुनौतीबीच आपसी आर्थिक सहकार्यबाट लाभ लिन सकिने उनले औँल्याए।

छलफलमा उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...