CG Electronics
IME Life
NIMB

एनएमबि क्यापिटलद्वारा लगानीकर्ता चेतना कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता पहल स्वरूप लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मिति २०८२÷०८÷२९ गते एनएमबि बैंक लिमिटेड, बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्यूटका विद्यार्थीहरूका लागि लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। सोही दिन काठमाडौँको टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पूँजी बजारका आधारभूत अवधारणा, लगानीका अवसर, जोखिम तथा लगानीकर्ताका अधिकार र दायित्वबारे जानकारी गराइएको थियो। साथै, अन्तरक्रिया सत्रमार्फत सहभागीहरूबाट उठाइएका जिज्ञासाहरूको सम्बोधन गरिएको थियो।

नुवाकोटमा आयोजित कार्यक्रम कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डीपी प्रमुख मणिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले सञ्चालन गरेका थिए भने काठमाडौँमा आयोजित कार्यक्रम स्किम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले सञ्चालन गरेका थिए।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...