CG Electronics
IME Life
NIMB

शिवम् सिमेन्टको प्रायोजकत्वमा ‘नेशनल घर निर्माण फेस्ट–२०८२’ आयोजना हुँदै

NIMB
Himalayan Bank

 

काठमाडौँ । स्किल सेवा प्रा।लि। र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार स्किल सेवा प्रा।लि।द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड ‘एयधभचभम द्यथ’ प्रायोजकका रूपमा आबद्ध भएको हो।

घर निर्माण, परामर्श तथा प्रविधिमुखी राष्ट्रिय स्तरको यो प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ। प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ।

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री तथा नेपालभरका निर्माण व्यवसायी र नवीन प्रविधिहरू एउटै थलोमा प्रस्तुत गरिनेछ। कार्यक्रमले गुणस्तरीय, सुरक्षित तथा दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

यसैगरी, एक्पोको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने लक्ष्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनी प्रस्तुत गरिने जानकारी दिइएको छ। उक्त प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।

नेशनल घर निर्माण एक्पो–२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओ।पि।सि। सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला–ठूला परियोजनासहित विभिन्न संरचना निर्माणमा विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टमार्फत आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा ४३ र ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। उच्च गुणस्तर र निःशुल्क प्राविधिक सेवाका कारण शिवम् सिमेन्ट उपभोक्तामाझ अत्यधिक रुचाइएको र विश्वास गरिएको ओ।पि।सि। सिमेन्टका रूपमा स्थापित भएको छ।

नेपाल गुणस्तर चिन्ह ५७२ र ४९, बिआइएस ९द्यक्ष्क्० तथा युआरएस ९ग्च्क्० प्रमाणित आइएसओ सर्टिफिकेट्स प्राप्त शिवम् सिमेन्टले देशको भौतिक पूर्वाधार विकासमा विभिन्न असहज परिस्थितिमा समेत निरन्तर सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाएको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...