CG Electronics
IME Life
NIMB

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच बन्दीपुरस्थित होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) विलास पवारले काठमाडौँमा आयोजित एक औपचारिक समारोहबीच हस्ताक्षर गरेका हुन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा बन्दीपुर केबल कारका अध्यक्ष रामचन्द्र शर्मा, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा तथा बन्दीपुर केबल कार लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले यस सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड बन्दीपुर क्षेत्रमा पर्यटन विकासको अग्रणी संस्था हो भने लेमन ट्री होटल्स लिमिटेड भारतको एक प्रमुख होटल शृङ्खला हो, जसको एसिया तथा मध्यपूर्वमा उल्लेखनीय उपस्थिति रहेको छ। लेमन ट्री होटल्सको वैश्विक आरक्षण सञ्जाल, कर्पोरेट ट्राभल सेग्मेन्ट तथा लक्जरीदेखि मध्यम श्रेणीसम्मको ग्राहक आधारले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ सशक्त रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार बन्दीपुरस्थित होटल अब “लेमन ट्री होटल्स” ब्राण्डअन्तर्गत सञ्चालनमा आउनेछ। यसले होटल व्यवस्थापन, अन्तर्राष्ट्रिय बजारिकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संसाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्ने बताइएको छ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय ब्राण्डसँगको यस सहकार्यले राजस्व स्थायित्व, होटलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन तथा कम्पनीको ब्राण्ड मूल्य अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ। साथै, लगानीकर्ताको विश्वास बढ्ने र बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि भई स्थानीय स्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

सम्झौतापछि बन्दीपुरस्थित होटल छिट्टै लेमन ट्री होटल्सको ब्राण्ड नाम र अन्तर्राष्ट्रिय मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...