CG Electronics
IME Life
NIMB

विश्व प्रसिद्ध स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले आइसिसी टि-२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने महाअभियान सुरु

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल –विश्वकै प्रमुख स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्व स्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आइसिसी टि-२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्त्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो। यो पहलले माइडियाको नवीनतम स्मार्ट उपकरणहरूसँग नेपाली क्रिकेटप्रतिको अटूट लगावलाई संयोजन गर्दै, ग्राहकहरूलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको छ।

मुख्य पुरस्कार: मुम्बईको ५ दिने विश्वकप यात्रा
अभियान विजेताले आफ्नो सहभागी सहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसिसी टि-२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ।

यस अभियानमा सहभागी हुन माइडियाको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले तलको ढाँचामा एसएमएस पठाएर लक्की ड्रमा सहभागी हुन सक्नेछन्:
माइडिया [स्पेस] वारेन्टी कार्ड नं. [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना यो एसएमएस ३१००३ नम्बरमा पठाउनुहोस्।

अभियान अवधिमा माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइनेछ। यस अभियानमा माइडियाको विश्व स्तरीय गुणस्तरका विविध उत्पादनहरू समावेश छन्: रेफ्रिजरेटर, वाशिंग मेसिन, डिशवाशर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, शोकेस, माइक्रोवेभ ओभन, चिमनी तथा अन्य घरेलु उपकरणहरू।

माइडिया विश्वव्यापी रूपमा मान्यता प्राप्त स्मार्ट घरेलु उपकरण ब्रान्ड हो। जसले नवीनतम प्रविधि र ऊर्जा दक्षतासँगै उत्कृष्ट गुणस्तरका उपकरणहरू बजारमा ल्याउँदै आएको छ। सिजी इलेकट्रोनिक्स नेपालको अग्रणी उपभोक्ता इलेकट्रोनिक्स र घरेलु उपकरण वितरक संस्था हो। जसले विश्व स्तरीय ब्रान्डहरू नेपाली उपभोक्ताको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। नियम र सर्तहरू लागू हुन्छन्।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...