CG Electronics
IME Life
NIMB

लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ अन्तर्गत उद्यम नवप्रवर्तनलाई समर्थन

NIMB
Himalayan Bank

 

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) नवप्रवर्तनको क्षेत्र विस्तार गर्न Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।

डिजिटल डिसेम्बर अभियान हाल सातौँ वर्षमा प्रवेश गरेको छ। सुरुमा डिजिटल सचेतना फैलाउने उद्देश्यले सुरु भएको यो अभियान अहिले उद्यम रूपान्तरणको रणनीतिक प्लेटफर्मको रूपमा विकसित भएको छ। यस वर्ष, कार्यक्रमले व्यवसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, API र host-to-host connectivity मार्फत बैंकिङ सेवाहरू उद्यमीहरूको प्रणालीमा एकीकृत गर्ने र डिजिटल भुक्तानीलाई प्राथमिक माध्यमको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

MoU अनुसार, बैंकले नवप्रवर्तक, स्टार्टअप र उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विशेषज्ञताको पहुँच दिँदै पूँजी उपलब्ध गराउने योजना बनाएको छ। यस अन्तर्गत, Open APIs वा sandbox वातावरणमा पहुँच, प्रारम्भिक चरणका उद्यमहरूसँग संलग्नता, बजार तयारी, डिजिटल वित्त र fintech आधारित विशेषज्ञ सत्रहरू समावेश छन्।

यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीन राष्ट्रव्यापी पहलहरू – Seeding and Scaling Innovations, Code for Impact Hackathons, र U.S.–Nepal Commercial Diplomacy Discussion Series – लाई समेत सहयोग गर्नेछ। सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक र उद्यमी सहभागी हुनेछन्।

लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई केवल सञ्चालन सुधारको माध्यम नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। Aadyanta Advisory कार्यक्रमको डिजाइन र मार्गदर्शन गर्नेछ भने AmCham Nepal र Aadhyanta Fund Management निजी क्षेत्रका सञ्जाल मार्फत सहभागिता र ज्ञान आदान-प्रदान सुनिश्चित गर्नेछन्।

डिजिटल डिसेम्बर २०२५ को राष्ट्रिय उद्यम संलग्नतासँगै, यस MoU ले कारोबारको डिजिटलाइजेशनमार्फत नेपालको डिजिटल विकासको नयाँ चरणलाई आकार दिने तथा उद्यमीहरूलाई सशक्त बनाउने काम गर्नेछ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...