CG Electronics
IME Life
NIMB

नेशनल लाईफद्वारा बागमती प्रदेशका सिइओ क्लब सदस्य अभिकर्ता सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका सिइओ क्लब सदस्य अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा काठमाडौँस्थित वेभ हस्पिटालिटीमा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलनका आधारमा बागमती प्रदेशबाट सिइओ क्लब सदस्य बन्न सफल ५०० भन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख तथा बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सो अवसरमा सिइओ क्लब सदस्य अभिकर्ताहरूलाई क्लब सदस्यताको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। साथै नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो। प्रदेशभित्र आफ्नो कोड तथा संजालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरूलाई समेत विशेष पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले नेपालभरबाट १६०० भन्दा बढी अभिकर्ता सिइओ क्लबका लागि छनोट हुनु योजना अत्यन्त सफल भएको प्रमाण भएको बताउनुभयो। उहाँले यस्ता प्रोत्साहनमूलक योजनाले अभिकर्ताहरूमा सकारात्मक प्रभाव पार्ने भएकाले मासिक तथा वार्षिक योजनाहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो। बीमा अभिकर्ता पेशा केवल व्यवसाय मात्र नभई सेवाभावसँग जोडिएको पवित्र पेशा भएको उल्लेख गर्दै उहाँले इमान्दारिता र निरन्तरता नै सफलताको मुख्य आधार भएको धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले उपस्थित विजेता अभिकर्ताहरूलाई मोटिभेसनल तालिम प्रदान गर्नुभएको थियो। बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्तामध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाकी रविना के.सी.ले आफ्ना व्यावसायिक अनुभवहरू साझा गर्नुभएको थियो।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम प्राप्त गर्दा थप ऊर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...