CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण

NIMB
Himalayan Bank

    शेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण, अप्सरा उप्रेती निर्विरोध सञ्चालक निर्वाचित

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडका शेयरधनीहरूको ३२औँ वार्षिक साधारण सभा मिति २०८२ पौष १८ गते (जनवरी २, २०२६) त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न भएको छ।

सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वार्षिक आर्थिक विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरिएको छ।

साधारण सभाले बैंकका शेयरधनीहरूलाई चुक्ता पुँजीमा ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरिनेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिकसमेत निर्धारण गरेको छ। साथै, बैंकको प्रबन्धपत्रका विभिन्न दफाहरू संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा श्री अप्सरा उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ।

साधारण सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी आवश्यक सहमति, सम्झौता तथा कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ। सभामा प्रस्तुत गरिएका अन्य सबै प्रस्तावहरू पनि प्रस्ताव बमोजिम पारित तथा स्वीकृत गरिएका छन्।

नेपाल एसबिआई बैंक लिमिटेडले ३२औँ वार्षिक साधारण सभाको अवसरमा देशका सबै प्रदेशमा ३२ भन्दा बढी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रमहरू गुणस्तरीय शिक्षामा पहुँच विस्तार, जोखिममा परेका समुदायलाई मानवीय सहायता तथा राहत, तथा विभिन्न समुदायमा वित्तीय साक्षरता अभिवृद्धिमा केन्द्रित रहेका थिए।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा सञ्चालन गरिएका यी कार्यक्रमहरूबाट ३,५०० भन्दा बढी व्यक्ति लाभान्वित भएका बैंकले जनाएको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...