CG Electronics
IME Life
NIMB

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा ० प्रतिशत किस्ताको सुविधा सुरु

NIMB
Himalayan Bank

काठमाडौं । के.एल. दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि.सँग सहकार्य गर्दै आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योर का घरेलु उपकरणहरूमा ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा सुरु गरेको छ ।

यस सहकार्यको उद्देश्य नेपालमा घरेलु उपकरणको बजारलाई अझ पहुँचयोग्य बनाउँदै देशभरका परिवारहरूलाई गुणस्तरीय उपकरण सहज रूपमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ । योजना अन्तर्गत ग्राहकहरूले स्काईवर्थ र लिभप्योरका छनोट गरेका उपकरणहरू १२ महिनासम्म बिना ब्याज किस्तामा खरिद गर्न सक्नेछन् । यसले एकैपटक ठूलो रकम तिर्नुपर्ने आर्थिक बोझ कम हुने विश्वास लिइएको छ ।

सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रा.लि.का तर्फबाट उपमहाप्रबन्धक अमित बज्रचार्य, वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठी र सहायक वित्त प्रबन्धक अमित ठाकुर तथा जगदम्बा हायर पर्चेज लि.का तर्फबाट व्यापार इकाई प्रमुख पल्लव श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस अवसरमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भने, “जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकहरूलाई थप सुविधा दिने हाम्रो लक्ष्यतर्फको महत्वपूर्ण कदम हो । हरेक नेपाली परिवारले गुणस्तरीय उपकरण प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ, र ० प्रतिशत किस्ताको सुविधाले त्यसलाई सम्भव बनाउनेछ ।”

यो योजनाले ग्राहकलाई किफायती मूल्यमा गुणस्तरीय र भरपर्दो घरेलु उपकरण उपलब्ध गराउने स्मार्ट अप्लायन्सेसको प्रतिबद्धता झल्काउने बताइएको छ । एकैपटक ठूलो रकम तिर्नु नपर्ने यस सुविधाबाट धेरै नेपाली परिवारले स्काईवर्थ र लिभप्योरका आधुनिक उपकरण प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा ०% किस्ताको सुविधा सुरु

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...