CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न,१०.३७ प्रतिशत लाभांश पारित

NIMB
Himalayan Bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। सभामा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता रहेको थियो।

सभाले २०८२ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा सम्बन्धित वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै सञ्चालक समितिले प्रस्ताव गरेको कुल १०.३७ प्रतिशत लाभांश वितरण प्रस्ताव पनि अनुमोदन भएको छ।

अनुमोदित प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय सूचकमा सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पूँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। सो अवधिमा बैंकको निक्षेप ५६ अर्ब २२ करोड रुपैयाँ र कर्जा तथा सापटी ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

सभाले बैंकको नियमावलीअनुसार सञ्चालक समिति निर्वाचन पनि गरेको छ। संस्थापक सेयरधनी समूह (क) बाट राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ प्रा.लि.का तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण सेयरधनी समूह (ख) बाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको सोमबारै बसेको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले सेयरधनीबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै ग्राहक सन्तुष्टि र लगानीमा उचित प्रतिफल सुनिश्चित गर्न बैंकका क्रियाकलापलाई थप परिमार्जन र विशिष्टीकरण गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेका थिए।काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। सभामा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता रहेको थियो।

सभाले २०८२ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा सम्बन्धित वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै सञ्चालक समितिले प्रस्ताव गरेको कुल १०.३७ प्रतिशत लाभांश वितरण प्रस्ताव पनि अनुमोदन भएको छ।

अनुमोदित प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय सूचकमा सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पूँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। सो अवधिमा बैंकको निक्षेप ५६ अर्ब २२ करोड रुपैयाँ र कर्जा तथा सापटी ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

सभाले बैंकको नियमावलीअनुसार सञ्चालक समिति निर्वाचन पनि गरेको छ। संस्थापक सेयरधनी समूह (क) बाट राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ प्रा.लि.का तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण सेयरधनी समूह (ख) बाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको सोमबारै बसेको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले सेयरधनीबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै ग्राहक सन्तुष्टि र लगानीमा उचित प्रतिफल सुनिश्चित गर्न बैंकका क्रियाकलापलाई थप परिमार्जन र विशिष्टीकरण गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेका थिए। vमहालक्ष्मी विकास बैंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...