CG Electronics
IME Life
NIMB

हायात प्लेस बुटवलको नेतृत्व जनरल म्यानेजरको भूमिकामा हस्पितलिटि क्षेत्रका अनुभवी तुषार नगरले सम्हाल्ने।

NIMB
Himalayan Bank

 

बुटवल, नेपाल : ९ जनवरी, २०२५ – हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको नेतृत्व, महाप्रबन्धक (जनरल म्यानेजर)को भुमिकामा हस्पितलिटि क्षेत्रका अनुभवी तथा दिग्गज तुषार नगरले सम्हाल्ने भएका छन्। यो नयाँ भूमिकामा, नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन र सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्नेछन्। साथै, उनले अतिथि सत्कारमा उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाह गर्ने संस्कृतिको विकासमा मुख्य भूमिका खेल्नेछन्।

हस्पिटालिटी क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव सँगालेका नगरसँग सेवाको उत्कृष्टता र टिम व्यवस्थापनमा गहिरो ज्ञान छ। हायात प्लेस बुटवलमा आउनुअघि उनले भारतका प्रतिष्ठित होटल ब्रान्डहरूमा काम गरिसकेका छन्।

उनले जे डब्लु म्यारियट चण्डीगढ, द ओबेरोय अमरभिलास आगरा, पार्क हायात चेन्नई, हायात रिजेन्सी लुधियाना, द वेस्टिन पुणे र पछिल्लो समय कोर्टयार्ड बाइ म्यारियट सिलोङमा विभिन्न नेतृत्वदायी तथा एफ एन्ड बी भूमिकामा काम गरेको अनुभव बटुलेका छन्।

आफ्नो नियुक्तिबारे बोल्दै नगरले भने, “मेरो मुख्य प्राथमिकता भनेको अतिथिहरूले न्यानो स्वागत महसुस गर्ने, कर्मचारीहरूले काम गर्न उत्प्रेरित महसुस गर्ने र हायातले आत्मसाथ गरेका मान्यताहरू झल्कने वातावरण सिर्जना गर्नु हो। म बुटवलमा हाम्रो उपस्थिति बलियो बनाउन र अतिथिहरूका लागि अविष्मरणीय अनुभवहरू सिर्जना गर्न उत्साहित छु।”

बुटवलको मुटुमा अवस्थित हायात प्लेस बुटवल आधुनिक सुविधा र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको सङ्गमको रूपमा उदाएको छ। बुद्ध जन्मस्थल लुम्बिनी र ऐतिहासिक तिलौराकोट नजिकै रहेको यो होटल १०९ कोठासहित सञ्चालनमा छ।

यहाँ विलासी कोठाहरू, मनोरम दृश्य देखिने रुफटप पुल र अर्ग्यानिक स्वाद पाइने डाइनिङ को सुविधा उपलब्ध छ। पदयात्रा र स्थानीय बजार घुम्न चाहनेहरूका लागि पनि यो होटल उपयुक्त गन्तव्य बनेको छ। चाहे सप्ताहन्तको बिदा मनाउन होस् वा पश्चिम नेपालको भ्रमण गर्न, यो होटलले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।

 

शैक्षिक रूपमा, नगरले आईएचएम वाराणसीबाट होटल म्यानेजमेन्टमा डिप्लोमा र जगतपुर पीजी कलेजबाट कमर्समा स्नातक गरेका छन्। साथै, उनले यस क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्व विकास र ब्रान्ड प्रमाणीकरण तालिमहरू पनि पूरा गरेका छन्। होटलको प्रि-ओपनिङ र स्थापित होटलहरू दुवैमा काम गरेको सन्तुलित अनुभव उनीसँग छ, जुन आधुनिक र ग्राहक-केन्द्रित होटल सञ्चालनका लागि महत्त्वपूर्ण मानिन्छ। यो नयाँ जिम्मेवारी सम्हाल्न उनी हाल बुटवलमै बसोबास गर्दै आएका छन्।

हायात प्लेसको बारेमा
हायात प्लेस होटलहरूले शैली (Style), नवीनता र चौबीसै घण्टा उपलब्ध सुविधाहरूको संयोजन गरी आधुनिक तथा व्यस्त यात्रीहरूका लागि सहज अनुभव प्रदान गर्दछन्। यहाँका कोठाहरू पाहुनाहरूको आवश्यकतालाई ध्यानमा राखेर सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै जोन हुने गरी विचार पुर्याएर डिजाइन गरिएका छन्। साथै, यहाँको खुला वातावरणले काम र विश्रामबीचको सन्तुलन मिलाउन मद्दत गर्दछ। विश्वभर ४४० भन्दा बढी स्थानमा विस्तार भएको हयात प्लेसले खानपिनको सहज सुविधा, चौबीसै घण्टा चल्ने फिटनेस सेन्टर र हरेक बिहान तातो नास्ताको सेवा प्रदान गर्दै आएको छ। थप जानकारीका लागि hyattplace.com मा हेर्न सक्नुहुन्छ। फेसबुक र इन्स्टाग्राममा #HyattPlace ट्याग गरी हामीसँग जोडिनुहोस्।

हायात होटल्स कर्पोरेसनको बारेमा
सिकागोमा मुख्यालय रहेको हायात होटल्स कर्पोरेसन विश्वको एक अग्रणी हस्पिटालिटी कम्पनी हो। यसको मूल मन्त्र नै ‘मानिसहरूको हेरचाह गर्नु, ताकि उनीहरू उत्कृष्ट बन्न सकून्’ भन्ने रहेको छ। ३० सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क अनुसार, कम्पनीले ६ महादेशका ८२ देशहरूमा १,४५० भन्दा बढी होटल तथा ‘अल-इन्क्लुसिभ’ रिसोर्टहरू सञ्चालन गरिरहेको छ।

कम्पनीले विभिन्न श्रेणीमा आफ्ना ब्रान्डहरू मार्फत सेवा प्रदान गर्दै आएको छ:
लक्जरी पोर्टफोलियो (Luxury Portfolio): पार्क हायात (Park Hyatt®), अलिरा (Alila®), मिरावल (Miraval®), इम्प्रेसन बाइ सेक्रेट्स, र द अनबाउन्ड कलेक्सन बाइ हयात।

लाइफस्टाइल पोर्टफोलियो (Lifestyle Portfolio): अन्दाज (Andaz®), थम्पसन होटल्स, द स्ट्यान्डर्ड, ड्रिम होटल्स, द स्ट्यान्डर्डएक्स, ब्रेथलेस रिसोर्ट्स एण्ड स्पा, जेडीभी बाइ हयात, बङ्कहाउस होटल्स लगायत।
इन्क्लुसिभ कलेक्सन (Inclusive Collection): जोएट्री वेलनेस एण्ड स्पा, हयात जिभा, हायात जिलारा, सेक्रेट्स रिसोर्ट्स, ड्रिम्स रिसोर्ट्स लगायतका रिसोर्टहरू।

क्लासिक्स पोर्टफोलियो (Classics Portfolio): ग्रान्ड हयात (Grand Hyatt®), हायात रिजेन्सी, डेस्टिनेसन बाइ हयात, हायात सेन्ट्रिक, हयात भ्याकेसन क्लब र हयात।

इसेन्सियल्स पोर्टफोलियो (Essentials Portfolio): क्याप्सन बाइ हयात, हायात प्लेस (Hyatt Place®), हयात हाउस, हयात स्टुडियोज र युरकोभ लगायत।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...