CG Electronics
IME Life
NIMB

आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभाबाट १०.५२% नगद लाभांश पारित

NIMB
Himalayan Bank

 

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। २४ पुस २०८२ गते धुमबाराहीस्थित दियो महलमा आयोजित सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले गरेका थिए।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अनुसूचिसहितको वित्तीय प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत भएको छ।

सभाले कम्पनीले प्रस्ताव गरेको १०.५२६३२५ प्रतिशत दरको नगद लाभांश वितरण गर्ने निर्णय पनि पारित गरेको छ। वितरण योग्य मुनाफाबाट प्रदान गरिने उक्त लाभांशको कुल रकम रु. ५२ करोड ६३ लाख १५ हजार ७८९ रहने कम्पनीले जनाएको छ। उक्त राशिमा कर प्रयोजनको रकम समेत समावेश छ।

विशेष प्रस्ताव अन्तर्गत नियामक निकायले आवश्यक परेमा कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। साथै आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा खर्च भएको रकम पनि सभाले स्वीकृत गरेको छ।

सभालाई सम्बोधन गर्दै सभाध्यक्ष डा. अर्यालले कम्पनीको प्रगति र उन्नतिमा निरन्तर साथ र विश्वास प्रदान गर्ने शेयरधनी, बीमित, पुनर्बीमा कम्पनी, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्थासहित कर्मचारी, अभिकर्ता र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरे।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...