CG Electronics
IME Life
NIMB

नेपाल निजामती कर्मचारी संगठनको तेस्रो केन्द्रीय बैठक सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आफ्नो तेस्रो केन्द्रीय कार्य समितिको बैठक २०८२ पौष १९–२० मा बबरमहल, काठमाडौंमा सम्पन्न गरेको छ। बैठकमा संगठनका १६ केन्द्रीय विभाग, ८ प्रदेश समिति र ११७ जिल्ला समितिको प्रतिनिधिहरूले गतिविधि, सदस्यता विस्तार, सेवा प्रवाहमा समस्या लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्दै बैठक सम्पन्न गरेको हो , बैठकले कर्मचारी हकहित, सेवा प्रवाह, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रमुख निर्णयहरू पारित गरेको छ।

मुख्य मागहरू यस प्रकार छन्:

निजामती सेवा सुधार: संघीय, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एकरूपता प्रदान गरी संघीय निजामती सेवा ऐन जारी गर्न।

बढुवा र सरुवा: पदमा ५–१० वर्ष सेवा गरेका कर्मचारीलाई तह र श्रेणी अनुसार बढुवा, अन्तरतह र पूर्वानुमान योग्य सरुवा व्यवस्था।

ट्रेड युनियन अधिकार: संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियनमा सहभागिता र प्रतिनिधित्व सुनिश्चित।

सेवा सुविधा: कर्मचारी अस्पताल, सञ्चय कोष, सामाजिक सुरक्षा, घरसापटी, विदा सुविधा र अशक्त कर्मचारीको हेरचाह।

सुरक्षा र कार्यस्थल: जेन्जी विद्रोहजस्ता घटनापछि कर्मचारीको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न।

समसामयिक मुद्दा: भ्रष्टाचार, प्राकृतिक स्रोतको दुरुपयोग, सामाजिक सुरक्षा, रोजगारी सिर्जना र सामाजिक सञ्जाल दुरुपयोग नियन्त्रण।

बैठकमा नेपाल निजामती कर्मचारी संगठनले विगतदेखि उठाउँदै आएको माग र सवाललाई उच्च प्राथमिकतामा सरकार र सरोकारवालासँग अघि बढाउन जोड दिएको छ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...