NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्काशन गर्दै

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १० लाख ९ हजार ५३१ कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो, जसबाट कम्पनीले करिब १० करोड ९ लाख रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य राखेको छ।

यस सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धमा दुवै संस्थाबीच २०८२ साल पौष २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा अन्नपूर्ण माछा दाना उद्योगका प्रमुख कार्यकारी अधिकृत महेश पुरी तथा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले निकट भविष्यमै आईपीओ निष्काशन गरी सार्वजनिक सेयर बजारमा प्रवेश गर्ने योजना बनाएको जनाएको छ। अन्नपूर्ण माछा दाना उद्योग नेपालका अग्रणी माछा दाना उत्पादक कम्पनीहरूमध्ये एक मानिन्छ। कम्पनीले युरोपेली प्रविधिमा आधारित अत्याधुनिक उत्पादन प्रणाली प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारका पोषणयुक्त र उच्च गुणस्तरका माछा दाना उत्पादन गर्दै आएको छ।

कम्पनीको वितरण सञ्जाल देशभर फैलिएको छ, जसमार्फत सबै प्रदेशका मत्स्य कृषकसम्म उत्पादन पु¥याइँदै आएको छ। यससँगै कम्पनीले किसानहरूलाई प्राविधिक सहयोग तथा परामर्श सेवा पनि प्रदान गर्दै आएको छ, जसले नेपालको मत्स्य उद्योगलाई व्यावसायिक र दिगो बनाउने दिशामा योगदान दिँदै आएको छ।

यसैबीच, स्वदेशी लगानी संस्था टिम भेन्चर्सले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडमा रणनीतिक संस्थागत लगानी गरेको छ। टिम भेन्चर्स तथा यसका सम्बद्ध साझेदारहरूले संयुक्त रूपमा २१९ मिलियन रुपैयाँ लगानी गरेका हुन्। यससँगै कम्पनीमा पहिलोपटक संस्थागत पुँजी प्रवेश भएको हो, जसले यसको वित्तीय क्षमता र व्यवस्थापकीय संरचनालाई थप सुदृढ बनाएको छ।

टिम भेन्चर्सका प्रमुख लगानी अधिकृत विकासचन्द्र भण्डारीले अन्नपूर्ण माछा दाना उद्योगलाई दिगो दाना उत्पादनमा राष्ट्रियस्तरको अग्रणी कम्पनी बन्ने उच्च सम्भावना रहेको बताए। उता कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश पुरीले संस्थागत लगानीले विस्तार, सुशासन तथा आत्मनिर्भरता बढाउने कम्पनीको लक्ष्यलाई तीव्र बनाएको उल्लेख गरे।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...