IME Life
NIMB

सूर्य नेपाल इस्टर्न ओपन सुरु, निरज तामाङ अग्रस्थानमा

NIMB
Himalayan Bank

 

धरान, पुस ३० । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थानमा रहन सफल भएका छन् ।

धरान गल्फ क्लबमा सम्पन्न पहिलो राउन्डमा डिफेन्डिङ च्याम्पियन निरजले ६–अन्डर ६४ को शानदार स्कोर निकाल्दै टंकबहादुर कार्की र बलभद्र राईमाथि ३ स्ट्रोकको अग्रता बनाएका छन् । ३–अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।

१–अन्डर ६९ को स्कोरमा पूर्व नम्बर एक गल्फरद्वय शुक्रबहादुर राई र भुवन नगरकोटीसँगै एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्मा संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । इभन–पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार संयुक्त रूपमा आठौँ स्थानमा छन् ।

डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी खेपे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन ३–अन्डर ३३ मा पूरा गरेका उनले ब्याक नाइनमा १२औँ, १३औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गर्दै १५औँ होलको बोगीका बाबजुद ब्याक नाइन ३–अन्डर ३१ मा समाप्त गरे ।

टंक कार्कीले फ्रन्ट नाइन १–अन्डर ३५ मा पूरा गरे । आठौँ र नवौँ होलमा लगातार बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा १४औँ र १८औँ होलमा बर्डी गर्दै बोगीरहित २–अन्डर ३२ खेले ।

धरानका भेट्रान प्रो बलभद्र राईले फ्रन्ट नाइनमा बोगीरहित खेल प्रदर्शन गर्दै तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरी २–अन्डर ३४ को स्कोर निकाले । ब्याक नाइनमा १०औँ होलमा बोगी खेपे पनि १५औँ र १८औँ होलको बर्डीले १–अन्डर ३३ मा समाप्त गरे ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा र प्रकृत तामाङ १–अन्डर ६९ को स्कोरसहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् भने राम तामाङ १–ओभर ७१ सहित तेस्रो स्थानमा छन् ।

सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको यस प्रतियोगितामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष १८ स्थानसम्मका खेलाडीले नगद पुरस्कार पाउनेछन् ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...