CG Electronics
IME Life
NIMB

रिडी पावर कम्पनीको २४ औ बार्षिक साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यसै सभाले लेखा परीक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्नुको साथै निजको पारिश्रमिक समेत तोकिएको छ ।

सभाले विशेष प्रस्ताव अन्तरगतको कम्पनीको नियमकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक र संसोशन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी समेत दिएको छ । त्यसै गरी सभाले कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नु परेमा कम्पनीको संचालक समितिलाई अख्तिारी पनि दिएको छ ।

सञ्चालक समितिका अध्यक्ष नेपालले सभामा बोल्दै कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्नुहुने आदरणीय शेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु एवंम् अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । अध्यक्ष नेपालले कम्पनीको २५ औं बार्षिक साधारणसभा भव्यरुपले मनाउने सभामा बताएका छन् ।

 

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...