CG Electronics
IME Life
NIMB

बीवाईडी नेपालका नाममा नक्कली पेज र वेबसाइट, साइमेक्सद्वारा कानुनी प्रक्रिया सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले बीवाईडी ब्रान्डको दुरुपयोग गर्दै सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

साइमेक्स इंकले सार्वजनिक सूचना जारी गर्दै यस्ता नक्कली डिजिटल प्लेटफर्महरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक माध्यमका रूपमा प्रस्तुत गरी ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेको उल्लेख गरेको छ।

कम्पनीका अनुसार ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नाममा सञ्चालन भइरहेका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चार माध्यम होइनन्। ती प्लेटफर्महरूसँग साइमेक्स इंक प्रा.लि.को कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको स्पष्ट गरिएको छ।

साइमेक्सका अनुसार यस्ता अनधिकृत डिजिटल माध्यमहरूले गलत सूचना प्रवाह गर्दै विभिन्न अफर, योजना तथा प्रचार–प्रसारमार्फत ग्राहकलाई भ्रममा पार्ने तथा आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको छ। यसले ग्राहकको विश्वास, ब्रान्डको विश्वसनीयता र उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै कम्पनीले चिन्ता व्यक्त गरेको छ।

कम्पनीले सर्वसाधारण, ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न आग्रह गरेको छ। नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी आधिकारिक जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू र आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ।

बीवाईडी ब्रान्डको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरूविरुद्ध कानुनी तथा नियामक प्रक्रिया अघि बढाइसकिएको र आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै थप कदम चालिने साइमेक्स इंकले जनाएको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...