CG Electronics
IME Life
NIMB

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

NIMB
Himalayan Bank

 

 

काठमाडौं। कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै कमाउँदै  कार्यक्रम शुरु गरेको छ ।संस्थाले स्थानिय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्लाहरु वितरण गरि यो कार्यक्रम शुरु गरेको  हो ।

 

संस्थाले पहिलो चरणमा स्थानिय सरस्वती मा।वि। र नवज्योती मा।वि।मा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीलाई प्रति विद्यार्थी ५ वटाका दरले न्यू हिमशिखर र अष्ट्रेलियन लोकल जातका कुखुराका चल्ला वितरण गरेको छ ।

विद्यार्थिको व्यवसायिक सिप विकास गर्दै परिवारको आयआर्जनमा टेवा पुर्याउनुका साथै अभिभावकलाई व्यवसायीक कुखुरापालन तर्फ आकर्षित गर्ने संस्थाको योजना रहेको छ । भविष्यमा विद्यार्थि अथवा अभिभावकले व्यवसायिक कुखुरापालन गर्न चाहेमा संस्थाबाट आवश्यक पुँजी, प्रविधि उपलब्ध गराउने र व्यवसायिक क्षमता अभिवृद्धी गरिदिने संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले बताउनु भएको छ ।

 

संस्थाले दुईवटा विद्यालयका विद्यार्थीहरुलाई कुखुरा चल्ला वितरणका लागि छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समिति सदस्य सरोज कुमार शाह, मनिराम न्यौपाने, महाप्रबन्धक डम्बर बहादुर शाह, वडा सदस्य बुधराम चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  खडकराज भाटले चल्लाहरु वितराण गर्नुभयो ।

 

 

विद्यालयका प्रध्यानाध्यापक दीपक भण्डारीले सुदुरपश्चिममै पहिलो पटक किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गर्नुभयो । वडा सदस्य बुधराम चौधरीले सहकारी संस्थाबाट सञ्चालन भईरहेका गरिब तथा विपन्न लक्षित कार्यक्रमहरुले समुदायमा आशा जगाएको भन्दै सहकारी संस्थाले आगामी दिनमा समेत समुदायमुखी कार्यक्रमहरुलाई  निरन्तरता दिने अपेक्षा गर्नुभयो ।

 

 

वि।सं। २०५२ सालमा स्थापना भएको संस्थाले वित्तिय, कृषि र मार्ट गरि ३ वटा व्यवसायीक युनीटहरुमार्फत आप्mना सदस्यलाई सेवा दिदै आएको छ । सुदरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर न।पा। कार्यक्षेत्र रहेको संस्थामा ९३ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् । संस्थाको कुल कारोबार ७ अर्ब २० करोड रहेको छ ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...