CG Electronics
Ncell NPL
NIMB

वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १ खर्ब, वृद्धि दर भने सीमित

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । पुष मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।

गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिमा वाणिज्य बैंकले ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्षको तुलनामा १४ वटा बैंकको मात्र खुद ब्याज आम्दानी बढेको छ । बाँकी ६ वटाको घटेको छ ।

सबैभन्दा धेरै नबिल बैंकले ८ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २.४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको पनि यस्तो आम्दानी ८ अर्ब २ करोड २३ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा भने ३.३३ प्रतिशतले कम हो ।

सर्वाधिक खुद ब्याज आम्दानी वृद्धि गर्नेमा राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंक अघि रहेको छ । राष्ट्रिय वाणिज्यको खुद ब्याज आम्दानी ३८.४९ प्रतिशतले बढेर ६ अर्ब १० करोड र कुमारीको २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड, लक्ष्मी सनराइज बैंकको १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड, प्रभु बैंकको २.३८ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड, एनएमबि बैंकको १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड, हिमालयन बैंकको १० प्रतिशतले घटेर ४ अर्ब ७० करोड र प्राइम बैंकको ५.३० प्रतिशतले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको हो ।

पुष मसान्तसम्मको अवधिमा एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५७ करोड, कृषि विकास बैंकको ४ अर्ब ५१ करोड, नेपाल बैंकको ४ अर्ब ४४ करोड, एनआईसी एशिया बैंकको ४ अर्ब ३६ करोड, सिद्धार्थ बैंकको ४ अर्ब ३२ करोड, सानिमा बैंकको ३ अर्ब ४२ करोड, सिटिजन बैंकको ३ अर्ब १४ करोड, माछापुच्छ्रे बैंकको २ अर्ब ९४ करोड, नेपाल एसबिआई बैंकको २ अर्ब ५६ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९७ करोड रुपैयाँ रहेको हो ।

CG Electronics
पोल्याण्डद्वारा मानार्थ वाणिज्यदूत गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

पोल्याण्डद्वारा मानार्थ वाणिज्यदूत गोल्छालाई ‘अर्डर अफ मेरिट’...

वि.सं.२०८२ माघ १७ शनिवार १२:४९

  काठमाडौं। भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत, महामहिम डा....

नेपालमा जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आर्थिक वर्षको पुष महिनामा १७ अर्ब ४७ करोड रुपैयाँ पुग्दै १७ प्रतिशतले बढ्यो

नेपालमा जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आर्थिक...

वि.सं.२०८२ माघ १७ शनिवार १२:१३

  काठमाडौं। नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको...

नेक्सजेन म्यानेजमेन्टले “डबल बी” रेटिंग प्राप्त गर्यो

नेक्सजेन म्यानेजमेन्टले “डबल बी” रेटिंग प्राप्त गर्यो

वि.सं.२०८२ माघ १६ शुक्रवार २३:३६

  काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा...

लामिनार टायलले पायो ‘फुल्ली भिट्रिफाईड टायल’को नेपाल गुणस्तर चिन्ह

लामिनार टायलले पायो ‘फुल्ली भिट्रिफाईड टायल’को नेपाल...

वि.सं.२०८२ माघ १६ शुक्रवार २२:३४

काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडको उत्पादन लामिनार टायल्स र क्रेस्टा...

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड...

वि.सं.२०८२ माघ १६ शुक्रवार २२:०६

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह...

टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा पहिलो लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७ प्रतिशत इक्विटी साझेदारी

टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा पहिलो लगानी, सोल्टी...

वि.सं.२०८२ माघ १६ शुक्रवार २१:५८

  काठमाडौं । नेपालको अग्रणी निजी इक्विटी तथा भेन्चर क्यापिटल...