CG Electronics
IME Life
NIMB

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा पहिलोपटक नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना

NIMB
Himalayan Bank

 

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलोपटक नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ आयोजना गर्ने भएको छ । प्रतिष्ठानको रजत जयन्तीको अवसरमा यही माघ २५ देखि २७ गतेसम्म सम्मेलन आयोजना गरिने जानकारी सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

सम्मेलनले आदिवासी समुदाय, विद्वत वर्ग, अध्येता तथा नीति निर्माणकर्तालाई एउटै थलोमा ल्याई आदिवासी ज्ञानको आदान–प्रदान, संरक्षण, उत्सव र पुनर्जीवनका लागि साझा मञ्च निर्माण गर्ने लक्ष्य राखेको प्रतिष्ठानले जनाएको छ । बौद्धिक विमर्श, नीतिगत संवाद र सांस्कृतिक उत्सवलाई एउटै फ्रेममा समेट्ने यो सम्मेलन विशिष्ट प्रयासको रूपमा रहेको बताइएको छ ।

आदिवासी ज्ञान र अभ्यासको आदान–प्रदान, सांस्कृतिक विविधताको उत्सव, ज्ञानको दस्तावेजीकरण, पुस्तान्तरण तथा डिजिटलीकरणमार्फत संरक्षण, साथै स्थानीयदेखि विश्वव्यापी तहसम्म आदिवासी आवाजको सशक्तीकरण गर्नु सम्मेलनका प्रमुख उद्देश्य रहेका छन् ।

सम्मेलनको दोस्रो दिन आदिवासी परम्परा र ज्ञान प्रणालीलाई व्यापक बनाउन सरकार र आदिवासी जनजातिबीच सेतुको भूमिका निर्वाह गर्दै विभिन्न शीर्षकहरूमा विषयविज्ञ, कार्यान्वयन निकायका अधिकारीहरूसँग प्यानल छलफल तथा अनुभव आदान–प्रदान गरिनेछ ।

सम्मेलनसँगै आदिवासी खाना महोत्सव पनि आयोजना हुनेछ । महोत्सवमा थारू, शेर्पा, थकाली, नेवारी र राई समुदायका परिकार प्रस्तुत गरिनेछन्, जसले आदिवासी संस्कृतिको जीवन्त स्वाद र पहिचानलाई उजागर गर्नेछ । त्यस्तै, रजत जयन्तीको अवसरमा भोटे, छन्त्याल, मगर, गुरुङ, सुनुवार र तामाङ समुदायका मौलिक सांस्कृतिक प्रस्तुति पनि रहनेछन् ।

अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (सन् २०२२–२०३२) लाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले प्रत्येक प्यानल छलफल र विषयगत सेमिनारको सुरुआत लोपोन्मुख आदिवासी भाषाबाट उद्घोषण गरी गरिनेछ । साथै, प्रत्येक सत्रमा सम्बन्धित आदिवासी जनजातिको पहिचान झल्कने भेषभूषामा एक जना सम्मानित व्यक्तित्वलाई सभाको संरक्षकका रूपमा विशेष आसन ग्रहण गराइने व्यवस्था गरिएको छ ।

माघ २७ गते आदिवासी जनजातिका सवालमा केन्द्रित १५ वटा विषयगत शीर्षकअन्तर्गत ८१ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिनेछन् । सोही दिन प्रतिष्ठानका अध्यक्ष तथा प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख आतिथ्यतामा रजत जयन्तीको समापन समारोह आयोजना गरिनेछ ।

सम्मेलनमा देशभित्र तथा विदेशबाट गरी ८०० भन्दा बढी आदिवासी जनजाति अभियन्ता, अध्येता, विद्वत व्यक्तित्व तथा युवा विद्यार्थीहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...