CG Electronics
IME Life
NIMB

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

NIMB
Himalayan Bank

 

आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत बर्दघाट नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै कांग्रेसका उम्मेदवार विनोद चौधरीले जेन जी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति असामान्य मोडमा पुगेको उल्लेख गर्दै उक्त आन्दोलनले देश विकास हुन नसकेको, रोजगारीको वातावरण अभाव र बिग्रिएको व्यवस्थाप्रतिको पीडालाई उजागर गरेको बताए।

चौधरीले जेन जी आन्दोलनले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेस आफैँ परिवर्तन हुन जरुरी रहेको र सो परिवर्तन भइसकेको दाबी गरे। उनले कांग्रेसको रुपान्तरणमा नवलपरासी–१ का नेता तथा कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यस क्षेत्रका कांग्रेसजनले तत्कालीन कांग्रेस महामन्त्री र विशेष महाधिवेशनको पक्षमा सार्वजनिक रूपमा उभिएर परिवर्तनको पक्ष लिएको बताए। चुनावपछि कांग्रेसले जेन जी आन्दोलनका माग र युवाको आकांक्षालाई संस्थागत गर्ने पनि उनले स्पष्ट पारे।

बर्दघाट नगरपालिकाका प्रमुख शम्भु लाल श्रेष्ठले विनोद चौधरीले पूरा कार्यकाल काम गर्न नपाएको उल्लेख गर्दै अब उनलाई राष्ट्रको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारीसम्म पुर्‍याउने दायित्व स्थानीय जनताको रहेको बताए।

उनले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेस पुनः सक्रिय र जागृत बनेको धारणा राख्दै ‘गगन प्रधानमन्त्री, विनोद अर्थमन्त्री’ भन्ने भावनालाई कार्यकर्ताले आत्मसात गरेको बताए। श्रेष्ठले विनोद चौधरीका लागि भन्दा नवलपरासी र बर्दघाटवासीका लागि उनको विजय महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

कांग्रेस क्षेत्रीय सभापति मुकुल आचार्यले देशलाई विश्वस्तरमा चिनाउने व्यक्तित्व विनोद चौधरी यस क्षेत्रबाट चुनाव लड्नु नवलपरासी–१ का लागि सौभाग्य भएको बताए।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...