CG Electronics
IME Life
NIMB

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

NIMB
Himalayan Bank

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस का तर्फ बाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार विनोद चौधरीले नागरिकता र लालपुर्जाविहीन समस्याको समाधान आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।

बर्दघाट नगरपालिका वडा नं. ६ मा आयोजित निर्वाचन प्रचार–प्रसार समितिको उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले भूमि र पहिचानसँग जोडिएका स्थानीय समस्याहरू समाधान गर्ने क्रम सुरु भइसकेको उल्लेख गरे।

“रुख जस्तै अडिक कांग्रेस बदलिएको परिस्थितिमा विकासको स्पष्ट मार्गचित्र दिन सक्षम छ,” उनले भने, “देशभर कांग्रेसले १०३ भन्दा बढी नयाँ उम्मेद्वार उठाएर पुस्तान्तरणको सन्देश दिएको छ। यस क्षेत्रमा पनि नागरिकता सम्बन्धी समस्या अन्त्य गरिएझैं अन्य समस्या समाधान गर्न म कटिबद्ध छु। कसैप्रति अन्याय हुँदैन, यो मेरो बाचा हो।”

उनले सांसदका रूपमा समाजका जटिल समस्याहरूलाई संस्थागत र प्रभावकारी ढंगले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा बर्दघाट–६ का वडा अध्यक्ष रोहित थारुले लालपुर्जा लगायतका समस्याहरू सम्बन्धित निकायसँग समन्वय गरी समाधानतर्फ पहल भइरहेको जानकारी दिए।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आचार्यले कांग्रेसको रुपान्तरणमा विनोद चौधरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा उनलाई जिताउने जिम्मेवारी कार्यकर्ताहरूको भएको बताए।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...