IME Life
NIMB

बीमा प्राधिकरणले उजुरी समाधानलाई प्राथमिकता दिँदा पनि ४ सयभन्दा बढी मुद्दा विचाराधीन, अध्यक्ष विवादले कार्यसम्पादन प्रभावित

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी विवाद तथा उजुरीहरूको फछ्र्यौटलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७१ वटा नयाँ मुद्दा दर्ता भएका छन्।

समीक्षा अवधिमा केन्द्रीय कार्यालयमा ५० वटा र प्रदेश कार्यालयमा २१ वटा मुद्दा दर्ता भएका हुन्। गत आर्थिक वर्षबाट बाँकी रहेका ३९४ मुद्दासहित हाल कुल ४६५ वटा मुद्दा विचाराधीन रहेका छन्।

प्राधिकरणका अनुसार सो अवधिमा ३३ वटा मुद्दामा फैसला गरिएको छ भने ४६ वटा मुद्दामा पक्षहरूबीच सहमति गराइएको छ। तर, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उजुरी फछ्र्यौटको संख्या घटेको देखिएको छ। गत वर्ष सोही अवधिमा १३१ वटा उजुरी फछ्र्यौट भएका थिए।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४१६ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको तथ्यांकले देखाएको छ। प्राधिकरणमा अध्यक्ष नियुक्ति सम्बन्धी विवाद तथा एक वर्षमै ६ जना अध्यक्ष परिवर्तन हुँदा प्रशासनिक र न्यायिक कार्यसम्पादन प्रभावित भएको बताइएको छ।

बीमा सम्बन्धी उजुरीको छिटो टुङ्गो लगाउन प्राधिकरणले इजलास सञ्चालन गर्दै आएको छ। यसअघि सञ्चालक समितिमा कोरम नपुग्दा निर्णय प्रक्रिया प्रभावित भएको थियो।

हाल प्राधिकरणले इतिहासमै पहिलो महिला अध्यक्षका रूपमा चन्द्रकला पौडेललाई नियुक्त गरेको छ। अन्य सञ्चालकहरूको नियुक्तिसँगै कोरम पूरा भएकाले अब न्यायिक तथा नीतिगत निर्णय प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...