CG Electronics
IME Life
NIMB

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल – ४ उद्घाटन कार्यक्रममा नेताहरूले फागुन २१ को आम निर्वाचनलाई पार्टीको रुपान्तरण, नीति र नेतृत्वप्रतिको जनमतका रूपमा प्रस्तुत गरेका छन्। यस क्षेत्रबाट कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको सन्दर्भमा वक्ताहरूले उनको जितलाई राष्ट्रिय राजनीतिक लक्ष्यसँग जोडेर व्याख्या गरे।

नेपाली कांग्रेस नवलपरासी जिल्ला सचिव उमेश यादवले कांग्रेस अबको सरकार र देश विकासको नेतृत्व गर्ने गरी आफूलाई रुपान्तरण गर्दै गएको बताए। उनले कांग्रेसलाई बहुमतले जिताउनुपर्ने आवश्यकता औंल्याउँदै गगन थापालाई प्रधानमन्त्री बनाउन नवलपरासीबाट विनोद चौधरीको जीत अनिवार्य रहेको धारणा राखे।

नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आचार्यले गगन थापाले अघि सारेको कांग्रेस रुपान्तरण अभियानमा विनोद चौधरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशभर सम्मानजनक विकास सुनिश्चित गर्ने उनको विश्वास थियो।

नेपाली कांग्रेस नवलपरासीका महासमिति सदस्य राधेश्याम चौधरीले किसानहरूले मल र बजारको अभाव, सरकारी कार्यालयमा ढिलासुस्ती जस्ता समस्याहरू भोगिरहेको उल्लेख गर्दै ती विषयहरूलाई कांग्रेसले अध्ययन गरेर समाधानतर्फ उन्मुख भएको बताए। उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि यस क्षेत्रबाट विनोद चौधरीलाई जिताउनु आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी नेताहरूले फागुन २१ को निर्वाचनलाई कांग्रेसको नीति, नेतृत्व र विकास एजेण्डाप्रतिको जनमतका रूपमा चित्रण गरेका थिए।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...