CG Electronics
IME Life
Ncell NPL

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं।अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन-पार ६८ खेलेका उनले समग्रमा ६-अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन्। उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते। उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३ औं उपाधि हो।

समग्रमा २-अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्तरुपमा दोस्रो स्थान हात पारे। सञ्जयले आज १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ मा आजको खेल सकाए। उनीहरूले समान ९५ हजार नगद पुरस्कार हात पारे।

समग्रमा १-अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर निरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। निरजलर आज १-ओभर ६९, रविले २-ओभर ७० र रामेले ३-ओभर ७१ को स्कोर कार्ड बनाए। उनीहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरियो।

आज ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा २-ओभर २ सय ७४ का साथ तोरण विक्रम शाहीले सातौं स्थान हात पारे। उनले ४७ हजार प्राप्त गरे। इभन-पार ६८ खेलेको जयरामले समग्रमा ३-ओभर २ सय ७५ सहित आठौं स्थानमा प्रतियोगिता सकाए। उनले ४१ हजार आफ्नो नाममा लेखाए।
यस्तै ५-ओभर २ सय ७७ सहित भुवन कुमार रोक्का र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे। भुवनले २-अन्डर ६६ र टंकले २-ओभर ७० मा अन्तिम दिनको खेल पुरा गरे। उनीहरूले ३३ हजार ५ सय नगद पुरस्कार पाए।

एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराउँदै उपाधि जिते। आज ३-अन्डर ६५ खेलेका राहुलले समग्रमा इभन-पार २ सय ७२ स्कोर गरे। आज ३-ओभर ७१ खेलेका स्वप्निलले समग्रमा ८-ओभर २ सय ८० स्कोर जोडे। समग्रमा ११-ओभर २ सय ८२ बनाएका महेन्द्र फगामी तेस्रो भए। आज उनले ४-ओभर ७२ को स्कोर दर्ज गरे।

अन्तिम १८ होलको खेलको सुरूवात गर्दा भुवन दिनेशभन्दा मात्र १ स्ट्रोकले अगाडि थिए। तर अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो। भुवनले फ्रन्ट र ब्याक नाइन इभन-पार ३४ मा सकाए। उनले पहिलो, चौथो र १७औं होलमा बर्डी प्रहार गरे। छैटौं, आठौं र १८औं होलमा एक-एक सट खेर फाले।

सञ्जयले सातौं होलमा बोगी प्रहार गर्दा बाकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन १-ओभर ३५ मा फ्रन्ट नाइन सकाए। यसपछि १३औं होलको बर्डीका विरुद्ध १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ खेले।

दिनेशले पहिलो र छैटौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। यसपछि १०औं, १३औं र १५औं होलमा एक-एक सट बचाए। तर यसपछि ११औं, १२औं, १४औं र १६औं होलमा बोगी खेपे।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। दिने प्रतियोगितामा‌ ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए।‌ खेलाडीहरूले कुल ८ लाख ७५ हजार रुपैयाँको लागि प्रतिस्पर्धा गरे। शीर्ष १८ स्थान सम्म रहने खेलाडी नगद पुरस्कारको हकदार बने।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...