CG Electronics
IME Life
NIMB

अमित लामाको एजेण्डा डाँडापारीको कफी र जडिबुटीको ब्राण्डिङ, युवालाई रोजगारी

NIMB
Himalayan Bank

काभ्रे । काभ्रे, क्षेत्र नं। १ का एमाले उम्मेदवार अमित लामाले स्थानीय उत्पादनमध्ये कफी र जडिबुटीलाई ब्राण्डिङ गर्दै जिल्लालाई आर्थिक समृद्धितर्फ लैजाने योजना पेश गरेका छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका उनले डाँडापारीका विभिन्न गाउँमा घरदैलोको क्रममा उनले खानीखोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने र स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाए ।

डाँडापारीलाई नेपालकै नमूना जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै परियोजना सफल पार्न जनताको साथ र सहयोग आवश्यक रहेको लामाको भनाइ छ । परियोजना सुरू भएपछि गाउँमै रोजगारका अवसर सिर्जना हुने र युवा विदेश जान नपर्ने सँगै शिक्षा, स्वास्थ्य, खानेपानीलाई पनि प्राथमिकतामा राख्ने उनले बताए ।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्वमन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलीप लामा, राकेश लामा, चन्द्र लामा र जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा पनि सँगै छन् ।

प्रचार अभियानकै क्रममा महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित कार्यक्रममा ‘घर फर्क अभियान’अन्तर्गत घनश्याम आलेलगायत सहभागी भएका छन् । उनी एमाले विभाजनअघि क्षेत्रीय कमिटीका उपसचिव थिए र पछि एकीकृत समाजवादी पार्टीमा गए । उनीसँगै कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा, सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइवा, जितबहादुर सिंतानेश, नेत्रबहादुर दर्लानी, सुरेश थिङ पनि एमालेमा फर्किए।

महाभारत गाउँपालिका(२ धनकाजी मोक्तान, मानबहादुर घिसिङ, धनबहादुर घिसिङ एमाले प्रवेश गरेका छन् । प्रवेशको लहरले आफूलाई हौसला मिलेको लामाले बताए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...