NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसन द्वारा वाडा अटो शो २०२६ आयोजना हुँदै

NIMB
leapmotornepal (citroen)

पोखरा । पहिलो संस्करणको सफलतापछि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसन ले दोस्रो पटक ‘वाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम यही चैत्र ११ देखि १५ गतेसम्म पोखरा को लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्) ले गर्नेछ। स्टल बुकिङ छिट्टै खुला गरिने जनाइएको छ।

नेपाली नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा आयोजना हुन लागेको उक्त अटो शोमा साना, मझौला तथा ठूला सवारी साधनका कम्पनीहरूको सहभागिता रहनेछ। साथै विद्युतीय (ईभी) तथा आन्तरिक दहन इन्जिन (आईसीई) का नयाँ–नयाँ ब्रान्डहरू, अटो पार्ट्स, लुब्रिकेन्ट, टायर कम्पनीहरू, बैंक तथा वित्तीय संस्थाहरू लगायत अन्य सरोकारवाला व्यवसायीहरूको पनि सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार नयाँ वर्षलाई लक्षित गर्दै सहभागी कम्पनीहरूले विभिन्न छुट तथा आकर्षक अफरहरू सार्वजनिक गर्नेछन्। आधुनिक प्रविधियुक्त सवारी साधनको प्रदर्शनसँगै सूचनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ।

अटोमोबाइल क्षेत्रको प्रवर्द्धन, नयाँ प्रविधिको जानकारी आदान–प्रदान तथा ग्राहक–व्यवसायीबीच प्रत्यक्ष अन्तरक्रियाको उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमले स्थानीय बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...