CG Electronics
IME Life
NIMB

सीमापार प्रसारण परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई भारतको केन्द्रीय निकायबाट स्वीकृति

NIMB
Himalayan Bank

काठमाडौं। नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने अग्रणी उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेड ले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिसम्बन्धी महत्वपूर्ण स्वीकृति प्राप्त गरेको छ।

सम्झौताअनुसार लिट्मस् इन्डस्ट्रिजले ४०० केभी एसीएसआर मूस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। उक्त कन्डक्टरहरू नेपाल–भारत सीमापार डिडिङ्ग–ढल्केबर–बथनाहा प्रसारण लाइन परियोजनामा प्रयोग गरिने जनाइएको छ। यो प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजना सँग सम्बन्धित रहेको छ।

कम्पनीका अनुसार नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो। यसलाई नेपालको प्रविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

स्वीकृतिपूर्व पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) ले लिट्मस् इन्डस्ट्रिजको उत्पादन प्रक्रिया, क्षमता, गुणस्तर नियन्त्रण प्रणाली तथा कारखाना पूर्वाधारको गहन मूल्याङ्कन गरेको थियो। सो मूल्याङ्कनपछि सीमापार प्रसारण परियोजनाका लागि योग्य एकमात्र नेपाली उत्पादकका रूपमा कम्पनीलाई स्वीकृति प्रदान गरिएको जनाइएको छ।

ढल्केबर–बथनाहा प्रसारण लाइनलाई नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार गर्ने महत्वपूर्ण संयोजनका रूपमा लिइएको छ। ९०० मेगावाट क्षमताको अरुण–३ आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने तथा औद्योगिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि पनि लिट्मस् इन्डस्ट्रिजले हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन परियोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरण लाई ४०० केभी एसीएसआर मूस कन्डक्टर ३,६०० किलोमिटर आपूर्ति गरिसकेको छ।

सन् १९७७ देखि सञ्चालनमा रहेको लिट्मस् इन्डस्ट्रिज रमेश कर्प समूहअन्तर्गतको उद्योग हो। कम्पनीले मध्यम भोल्टेज एक्सएलपीई आवरणयुक्त कन्डक्टर, एसीएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल उत्पादन गर्दै आएको छ। साथै, घरायसी विद्युत् जडानका लागि एफआरएलएस केबल तथा हलोजनरहित इकोवायर–जेडएच तारसमेत उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीले बुटवल र नवलपरासीमा आफ्ना उत्पादन केन्द्र सञ्चालन गर्दै आएको छ। यस उपलब्धिसँगै लिट्मस् इन्डस्ट्रिज अन्तर्राष्ट्रिय आपूर्तिकर्ताका रूपमा स्थापित हुँदै गएको बताइएको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...