CG Electronics
IME Life
Ncell NPL

ज्योति विकास बैंकका ग्राहकलाई ‘रायल क्लिनिङ सर्भिसेज’मा ५० प्रतिशतसम्म छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। ज्योति विकास बैंक लिमिटेड ले काठमाडौंको रातोपुलस्थित Royal Cleaning Services and Suppliers Pvt. Ltd. सँग आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, किरा नियन्त्रण (बेडबग) तथा एसी सर्भिसिङ लगायतका सेवा प्रदान गर्दै आएको छ।

बैंकका अनुसार संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता ग्राहक–केन्द्रित सहकार्यलाई निरन्तरता दिइनेछ। बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याउने रकमभन्दा ५० प्रतिशत बढी योगदान गर्दै आएको दाबी गरेको छ।

नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सयभन्दा बढी शिशुको जीवन रक्षा गर्न सहयोग पुगिरहेको बैंकले जनाएको छ। सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको उल्लेख गरेको छ।

हाल ज्योति विकास बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...