CG Electronics
IME Life
NIMB

विनी इन्टरनेशनल एलएलसीद्वारा लाबिम मलमा ‘योर फ्रेगरन्स’ शुभारम्भ

NIMB
Himalayan Bank

 

काठमाडौँ । लक्जरी परफ्युम क्षेत्रमा प्रतिष्ठित दुबईस्थित कम्पनी विनी इन्टरनेशनल एलएलसीले काठमाडौंको लाबिम मलमा आफ्नो प्रिमियम सुगन्ध अनुभव केन्द्र ‘योर फ्रेगरन्स’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

सन् २०२६ फेब्रुअरी १६ गते काठमाडौं उपत्यकास्थित लाबिम मलको भुइँ तल्लामा सम्पन्न उद्घाटन समारोहमार्फत कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरेको हो।

यस उद्घाटनले नेपालको प्रतिष्ठित परफ्युम बजारमा कम्पनीको विस्तारसँगै एक महत्वपूर्ण कोशेढुङ्गा थपेको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा विनी इन्टरनेशनल एलएलसीका सेल्स डाइरेक्टर अहसान खुन्दकर, कन्ट्री म्यानेजर रणधीर सिंह तथा नेशनल सेल्स म्यानेजरहरू शोभा लामा र विनय कुमार झा लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै कन्ट्री म्यानेजर रणधीर सिंहले ‘योर फ्रेगरन्स’ केवल बिक्री केन्द्र मात्र नभई सुगन्ध प्रेमीहरूका लागि एक इमर्सिभ अनुभव केन्द्र भएको बताए । उनका अनुसार यहाँ उपलब्ध प्रत्येक सुगन्ध ग्राहकको व्यक्तित्वसँग मेल खाने गरी विशेष रूपमा तयार गरिएको छ, जसले दुबईको परिष्कृत परफ्युम संस्कृतिलाई नेपाली बजारसम्म ल्याएको छ।

त्यस्तै, सेल्स डाइरेक्टर अहसान खुन्दकरले नेपाली उपभोक्तालाई व्यक्तिगत तथा प्रिमियम पहिचान झल्काउने अन्तर्राष्ट्रिय स्तरका सुगन्ध उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए।

कम्पनीका अनुसार ‘योर फ्रेगरन्स’ मार्फत नेपाली ग्राहकहरूले विश्वस्तरीय लक्जरी सुगन्ध उत्पादनहरूको सहज पहुँच पाउनेछन्।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...