CG Electronics
IME Life
NIMB

नेशनल लाइफको सीईओ क्लबमा मधेशका उत्कृष्ट अभिकर्ता सम्मानित

NIMB
Himalayan Bank

 

जनकपुर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले मधेश प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले जनकपुरस्थित मिथिला यात्री मा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा ‘सीईओ क्लब सदस्य सम्मान कार्यक्रम’ आयोजना गरेको हो।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी मधेश प्रदेशबाट योग्य ठहरिएका ७७ जना अभिकर्तासहित विभागीय प्रमुख, प्रदेश प्रमुख तथा विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सो अवसरमा मधेश प्रदेशबाट सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो। साथै ‘नेशनल रत्न’ र ‘नेशनल स्टार’ विजेता अभिकर्ताहरूलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरिएको थियो। आफ्नो कोड तथा सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुने उत्कृष्ट अभिकर्ताहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्ता–मैत्री योजना अन्तर्गत वार्षिक रूपमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सीईओ क्लबको अवधारणा ल्याइएको बताए। उनका अनुसार हाल देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता सीईओ क्लबमा छनोट भइसकेका छन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले अभिकर्ताहरूलाई व्यवसायिक दक्षता अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिएका थिए।

यसै अवसरमा जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव साझा गरेका थिए। सहभागी अभिकर्ताहरूले कम्पनीबाट प्राप्त सम्मान र तालिमले थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...