CG Electronics
IME Life
NIMB

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ। लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन फाइन डाइनिङ रेस्टुरेन्ट साके एन्ड फेङ्गले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ। स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यका साथ यो नयाँ मेनु सुरु गरिएको हो।

साके एन्ड फेङ्ग पान–एशियन भोजनका लागि परिचित रेस्टुरेन्ट हो। यसले इनडोर तथा आउटडोर एम्बियन्स, निजी डाइनिङ र मिटिङ रूम, कराओके रूम र रूफटप स्पेसजस्ता सुविधाहरू प्रदान गर्दै आएको छ। यी सबै सेवा समेटेर, निजी कार्यक्रम, सामाजिक जमघट र कर्पोरेट इभेन्टका लागि उपयुक्त वातावरण सिर्जना गरिएको छ।

नेवारी संस्कृति आफ्नो परम्परा, चाडपर्व, कला, वास्तुकला र खाजा तथा विविध परिकारका लागि प्रसिद्ध छ। नेवारी खाजा नेपालको सांस्कृतिक रूपमा समृद्ध परिकारका लागि परिचित छ। यसको स्वाद, मसला, बनाउने तरिका र विविधताका कारण विशेष मानिन्छ। परम्परागत मसला, स्थानीय सामग्री र पुस्तौँ देखि हस्तान्तरण हुँदै आएको पकाउने शैलीले हरेक परिकारलाई स्वस्थ र स्वादिलो बनाउँछ।

अब रेस्टुरेन्टका सबै ग्राहकहरूले पान–एशियन फाइन डाइनिङको अनुभवसँगै मौलिक नेवारी स्वादको पनि आनन्द लिन पाउनेछन्। साके एन्ड फेङ्गले गुणस्तरीय सामग्री, परम्परागत विधि र उत्कृष्ट प्रस्तुतीकरणमार्फत नेवारी भोजनलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...