NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

NIMB
leapmotornepal (citroen)

काठमाडौं । ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ ।

संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्नु हुनेछ । अहाँले इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) अन्तर्गत सञ्चालित इन्टरनेशनेल अर्ली इयर्स करीकुलम, इन्टरनेशनल प्राइमरी करीकुलम र इन्टरनेशनल मिडल इयर्स करीकुलम मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नु हुनेछ ।

यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आचार्यले गरेको समर्पणको कदर गरेको छ । उहाँको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामा प्र इन्टरनेशनल प्राइमरी करीकुलम मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो ।

राजदूतका रूपमा नियुक्त भएपछि अब उहाँले अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्नु हुनेछ ।

राजदूत नियुक्तिका विषयमा बोल्दै इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) की निर्देशक साहारा ब्लाकमोरले भने, “हामी दीप्ति आचार्यलाई आईसीएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौं । गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उनलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ ।

आईसीएको यस ‘आईसीए एम्बासडर’ कार्यक्रमले ‘इम्प्रुभिङ लर्निङ’ दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनोट गर्ने गर्दछ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहनेछ ।

दीप्ति आचार्यको संक्षिप्त परिचय
दीप्ति आचार्य संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक हुन् । उनी नेपालमा प्रगतिशील शिक्षाको अगुवा व्यक्तित्वका रूपमा चिनिन्छन् । त्यस्तै उनी एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुनुका साथै अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । आचार्य विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय ट्रेनरका रूपमा पनि क्रियाशिल हुन ।

शिक्षा क्षेत्रमा योगदानसँगै उनी टोयस्टमास्टर इन्टरनेशनलमा विशिष्ट नेतृत्वकर्ता हुनुहुन्छ र उनले जिल्ला तहका उच्च नेतृत्व भूमिकामा कार्य गरिसकेका छन् । साथै, उनी समर्पित सामाजिक अभियन्ता हुनुका साथै जोन्टा क्लब अफ काठमाडौंकी सक्रिय सदस्य पनि हुन, साथै उनले महिला तथा बालबालिकाको अधिकार र हितका लागि वकालत गर्दै आएका छन् ।

 

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...