CG Electronics
Ncell NPL
NIMB

‘कसैले ठीक गरिहाल्छ’- लोकतन्त्र कमजोर बनाउने सबैभन्दा खतरनाक भ्रम

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

तीस वर्षभन्दा बढी समयदेखि अमेरिकी इतिहासकार हेदर कक्स रिचर्डसन बोस्टन कलेज ले लोकतन्त्र कसरी कमजोर बन्छ ? भन्ने अध्ययन गर्दै आएकी छन् । उनी बोस्टन कलेजकी प्राध्यापक तथा उन्नाइसौँ शताब्दीको अमेरिकी राजनीतिक इतिहासकी विशेषज्ञ हुन् । उनी नाटकीय पतनको खोजी भन्दा शान्त रूपमा अघि बढ्ने प्रक्रियालाई हेर्छिन् । विभिन्न पत्रपत्रिकाका माध्यमबाट उनी समस्या आउनुअघि त्यसले पार्ने प्रभावको विशेष अध्ययन गछिन् ।

उनको मुख्य निष्कर्ष सरल छ । लोकतन्त्र प्रायः कुनै एक खलनायकका कारण पतन हुँदैन । बरु नागरिकहरूले अव्यवस्था स्वीकार गर्न थाल्दा र संस्थाहरू आफैँ सुध्रिन्छन् भन्ने विश्वास गर्न थाल्दा यो क्रमशः कमजोर बन्छ । तनाव बढ्दै जाँदा सामान्य मानिसहरू एकअर्कालाई ढाडस दिन यसो भन्छन्, ‘कसैले ठीक गरिहाल्छ ।’

संयुक्त राज्य अमेरिकामा १८५० को दशकमा, गृहयुद्धअघिका क्षेत्रीय तनाव बढ्दै जाँदा, यही अवस्था प्रतिध्वनित भएको थियो । पुनर्निर्माण कालको पतनको समयमा पनि यो पुनः देखा प¥यो । लोकतान्त्रिक भाष्य बलियो देखिँदै जाँदा अल्पतन्त्री शक्तिहरु विस्तार हुँदा पनि यो खालको अवस्था देखियो । संकेतहरू स्पष्ट थिए । धेरैले देखेका पनि थिए । तर आश्वासनले कदम चाल्न ढिलाइ गरायो ।

नेपालसँग पनि यही वाक्यको आफ्नै संस्करण छ । नेपालको राजनीतिक कालखण्डहरूमा हामीले यो ढाँचा निरन्तर दोहो¥याउँदै आएका छौँ । राजा महेन्द्र र पछि राजा वीरेन्द्रको पञ्चायत कालमा सुधार माथिबाट क्रमशः विकास हुनेछ भन्ने अपेक्षा गरिएको थियो । १९९० मा बहुदलीय लोकतन्त्र फर्किएपछि संरचनात्मक परिपक्वता अवश्य आउने विश्वास गरियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको विद्रोहले राज्यको नाजुकता उजागर गर्दा गणतान्त्रिक पुनर्संरचनाले स्वतः जवाफदेहिता ल्याउने ठानियो । २०१५ को संविधानलाई कानुनी दस्तावेजमात्र होइन, मनोवैज्ञानिक नयाँ सुरुआतका रूपमा पनि ग्रहण गरियो ।

हरेक संक्रमणले आशा ल्यायो, तर ढिलाइ पनि ल्यायो । कसैले भ्रष्टाचार अन्त्य गरिहाल्छ । कसैले दलहरूको संरचना सुधार गरिहाल्छ । कसैले कृपाजाल नियन्त्रण गरिहाल्छ । कसैले रोजगारी सिर्जना गरिदिन्छ । ताकि युवाले देश छोड्न नपरोस् । यसबीच असन्तोष मौन रूपमा बढ्दै गयो ।

काठमाडौंको भीडभाड प्रशासनिक जडताको प्रतीक बन्यो । ग्रामीण बस्तीहरू सुक्दै गए, किनकि बसाइँसराइ रोजाइभन्दा बाध्यता बन्यो । संसदीय गठबन्धनहरू यान्त्रिक नियमिततासाथ बन्दै र भंग हुँदै रहे । भ्रष्टाचारमाथि अनुसन्धान गर्ने .संस्थाहरू उठ्थे र फेरि सेलाउँथे । नागरिकहरू आलोचनामा दक्ष भए, तर संगठित हुन हिच्किचाए ।

 

रिचर्डसनले स्पष्ट रूपमा वर्णन गरेझैँ—लोकतान्त्रिक पतन सुरुमा अचानक हुँदैन, यो प्रक्रियागत हुन्छ । यो थकानबाट अघि बढ्छ । सचेतताको नाउँमा निन्दा गर्ने प्रवृत्ति बढ्न थाल्छ । राजनीति जिम्मेवार व्यवस्थापनभन्दा तमाशा जस्तो देखापर्न थाल्छ । त्यसपछि थकान नै विस्फोटमा परिणत हुन्छ ।

२०२६ सेप्टेम्बर ८ र ९ मा वर्षौंदेखि फैलिएको निराशा मुख्यतः जेनेरेशन–जेडले अगुवाइ गरेको आन्दोलनका रूपमा विस्फोटित भयो । अनलाइनमा फैलिएको र विद्यालय, कलेज र विश्वविद्यालयमा मौलाउँदै गएको असन्तोष भौतिक विद्रोहमा परिणत भयो । ७६ जनाले ज्यान गुमाए । अर्बौँ रुपैयाँ बराबरको सार्वजनिक पूर्वाधार नष्ट भयो । सिंहदरबारमा आगजनी भयो । संघीय संसद् भवन जलेर ध्वस्त भयो । सर्वोच्च अदालत र राष्ट्रपति भवनमा गम्भीर क्षति पुग्यो । मन्त्रीहरू र प्रधानमन्त्रीहरूलाई सेनाले उद्धार गर्नुप¥यो । अन्ततः सरकार ढल्यो ।

त्यसपछिको अवस्थालाई ‘स्थिरीकरण’को रूपमा प्रस्तुत गरियो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै छिट्टै निर्वाचन गरिने आश्वासन दिइन् । प्रयोग गरिएका शब्दहरू परिचित थिए—पुनस्र्थापना । निरन्तरता । संवैधानिकता ।

तर विद्रोहलाई इन्धन दिएको संरचनात्मक असन्तोष प्रायः जस्ताको तस्तै रह्यो । बेरोजगारी, अपारदर्शी दल–वित्तपोषण, नौकरशाही कृपाजाल, कमजोर सेवा–प्रवाह, संस्थागत निष्पक्षतामाथिको अविश्वास, यी सबैलाई मौखिक रूपमा स्वीकार गरियो, तर संरचनात्मक रूपमा समाधान गरिएन । निर्वाचनलाई समाधान ठानियो, साधन होइन ।

प्रतीकात्मकता बलियो थियो । पुनर्निर्माणका बहस जारी रहँदा सरकारले सेना दिवस समारोहमा नेपाली सेनासँगै अमेरिकी, भारतीय र बेलायती फौजहरूको उपस्थितिमा सहभागिता जनायो । दृश्यात्मक प्रदर्शनले अनुशासन र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यको सन्देश दियो । तर प्रतीकात्मक प्रदर्शनले मात्र सुधार ल्याउन सक्दैन । तमाशाले संरचनात्मक जडता तोड्न सक्दैन ।

नेपालको भू–राजनीतिक संवेदनशीलताले दाउ झन् उचाल्छ । दुई उदाउँदा प्रतिस्पर्धी शक्तिबीच अवस्थित भएकाले काठमाडौंको अशान्तिलाई सामान्य घरेलु समस्याका रूपमा मात्र हेरिँदैन; यसलाई रणनीतिक दृष्टिले बुझिन्छ ।

नयाँ दिल्लीमा नेपालको अस्थिरता सुरक्षा स्थायित्व र राजनीतिक पूर्वानुमेयताका दृष्टिकोणबाट हेरिन्छ । भारतले नेपाललाई आफ्नो घनिष्ठ रणनीतिक छिमेकका रूपमा लिँदै आएको छ । दीर्घकालीन अव्यवस्था, कमजोर गठबन्धन र संस्था विरोधी परिचालनले सीमानागत स्थिरता, राजनीतिक झुकाव र बाह्य प्रभावबारे चिन्ता उत्पन्न गर्छ । लोकतान्त्रिक अस्थिरतालाई रोमानीकृत गरिँदैन; यसलाई शासकीय क्षमताको आधारमा मूल्याङ्कन गरिन्छ ।

बेइजिङका लागि हिमाली सीमामा स्थिरता प्राथमिक चासो हो । राजनीतिक विभाजन र हिंसात्मक अशान्तिलाई अनिश्चितताको संकेतका रूपमा बुझिन्छ । पूर्वाधार परियोजना, सम्पर्क मार्ग र सुरक्षा सहकार्यमा विश्वास स्थिर संस्थामा निर्भर हुन्छ । भारत रणनीतिक विचलनबारे चिन्तित रहँदा चीन रणनीतिक अनिश्चितताबारे सशंकित हुन्छ ।

दुवै राजधानीका लागि आन्तरिक अव्यवस्था केवल नागरिक घटनामात्र होइन; यो संकेत हो । लगानी सतर्क बन्छ । कूटनीतिक पहल पुनःसमायोजन हुन्छन् । प्रभाव चुपचाप सर्छ ।

सेप्टेम्बर २०२६ को विस्फोटलाई भारत र चीनले कसरी व्याख्या गर्छन् र दीर्घकालीन रूपमा कस्तो रणनीतिक रुख अपनाउँछन् भन्ने कुरा अनिश्चित छ । ठूला शक्तिहरू प्रायः आफ्नो पुनःसमायोजन सार्वजनिक रूपमा घोषणा गर्दैनन् । तिनीहरूले क्रमशः कार्यान्वयन गर्छन् । तर एउटा तथ्य स्पष्ट छ—जब आन्तरिक शासन कमजोर हुन्छ, बाह्य शक्तिहरूको सापेक्ष प्रभाव बढ्छ ।

यस भू–राजनीतिक पक्षलाई बेवास्ता गर्नु लोकतान्त्रिक थकानको वास्तविक मूल्यलाई कम आँक्नु हो । सार्वभौमिकता केवल भाषणबाट सुरक्षित हुँदैन; त्यसका लागि संस्थागत क्षमता आवश्यक हुन्छ । पूर्वानुमेय र सुचारु रूपमा सञ्चालन हुने राज्य आत्मविश्वाससाथ वार्ता गर्छ; कमजोर देखिने राज्यलाई अरूले सजिलै पुनःसमायोजन गर्न सक्छन् ।

तर ठूलो खतरा भने आन्तरिक नै रहन्छ । नेपाल असफल राज्य होइन (यद्यपि यसबारे बहस सम्भव छ) । यहाँ प्रतिस्पर्धी निर्वाचनहरू हुन्छन्, नागरिक समाज सक्रिय छ, अदालतहरू कार्यरत छन् । सञ्चारमाध्यम तुलनात्मक रूपमा स्वतन्त्र छन्, जुन उल्लेखनीय उपलब्धि हो । तर लोकतन्त्र शून्य–एकको अवस्था होइन । साना सम्झौता सामान्यीकरण हुँदै जाँदा यो क्रमशः क्षीण हुन्छ, तर दीर्घकालीन संस्थागत सुधारले पुनर्जीवित पनि हुन सक्छ ।

उथलपुथलपछि निर्वाचनले मात्र सन्तुलन फर्काउँछ भन्ने मोह हुन्छ । तर आन्तरिक दल–लोकतन्त्रबिना मतपत्रले पदानुक्रमलाई बलियो बनाउँछ । वित्तीय पारदर्शिताबिनाको नेतृत्व परिवर्तनले कृपाजाल दोहो¥याउँछ । कार्यान्वयन शक्तिविनाको न्यायिक स्वतन्त्रता प्रतीकमात्र रहन्छ ।

प्रश्न सांस्कृतिक हो—नागरिकहरूले लोकतन्त्रलाई कहिलेकाहीँको सहभागिता ठान्छन् कि निरन्तर जिम्मेवारी ? इतिहासले देखाउँछ, लोकतन्त्र नागरिकहरू अनभिज्ञ भएर होइन, विवेकभन्दा बढी धैर्य राखेर कमजोर हुन्छ ।

संस्थाहरू आफैँ निको हुने जीवित अस्तित्व होइनन् । तिनीहरू सामूहिक सहमतिको संरचना हुन् जसलाई निरन्तर हेरचाह चाहिन्छ । तिनीहरू बजेट परीक्षण गर्ने, दलभित्र निर्वाचन माग गर्ने, अभियोजन स्वतन्त्रता सुनिश्चित गर्न दबाब दिने र घूसलाई सामान्य वा ‘छिटो उपाय’का रूपमा स्वीकार नगर्ने नागरिकमा निर्भर हुन्छन् । तिनीहरू वैधतालाई समारोहबाट होइन, वास्तविक सुधारबाट परिभाषित गर्ने नेतृत्वमा निर्भर हुन्छन् ।

२०२६ सेप्टेम्बरका घटनाहरू अपरिहार्य थिएनन् । तिनीहरू संचयी थिए । सुधारको सट्टा वर्षौँको आश्वासनको परिणाम । जब आश्वासन असफल भयो, मूल्य जीवन, पूर्वाधार र संस्थागत विश्वसनीयताबाट चुकाइयो ।
रिचर्डसनको दृष्टिकोण नियतिवादी छैन । लोकतन्त्र असफल हुन नियत छैन । तर नागरिकहरूले सहनशीलतालाई अभेद्यता ठाने भने पतन सम्भव हुन्छ ।

नेपाल अहिले थकान र पुनर्जीवनबीचको डगमगाउँदो अवस्थामै छ । यदि हामी उथलपुथललाई केवल अपवाद ठान्यौँ भने, हामी फेरि टारटुलमा फर्कन्छौँ । यदि यसलाई चेतावनीका रूपमा लियौँ भने, संकटलाई पुनर्निर्माणमा रूपान्तरण गर्न सक्छौँ । फरक शब्दमा होइन, निरन्तर नागरिक कर्ममा हुन्छ ।

‘कसैले ठीक गरिहाल्छ’ भन्ने वाक्य सान्त्वनादायी छ, किनकि यसले जिम्मेवारीबाट मुक्त गराउँछ । यसले रोषलाई जवाफदेहिता बिना जिउन दिन्छ । यसले लोकतन्त्रलाई प्रदर्शनमा बदल्छ ।

तर पर्दापछाडि कुनै अदृश्य रक्षक पर्खिरहेको छैन । संस्थाहरू त्यतिबेलामात्र बाँच्छन्, जब नागरिकहरूले जिम्मेवारी सधैँ अरूमा सारिरहन अस्वीकार गर्छन् । अपरिहार्यता केवल भइसकेका घटनामा लागू हुन्छ । बाँकी सबै कुरा यसमा निर्भर छ—के आश्वासन जिम्मेवारीमा रूपान्तरित हुन्छ कि हुँदैन ।

भ्रम यो होइन कि कसैले ठीक गरिहाल्छ । भ्रम त यो हो कि ‘कसैले’ कहिल्यै हामीभन्दा अलग थियो ।

CG Electronics
रास्वपा नवलपरासी पश्चिमका जिल्ला सभापति महेन्द्रसिंह ठकुरी कांग्रेस प्रवेश

रास्वपा नवलपरासी पश्चिमका जिल्ला सभापति महेन्द्रसिंह ठकुरी...

वि.सं.२०८२ फागुन १४ बिहीवार १४:२१

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी पश्चिम जिल्ला सभापति...

विनोद चौधरी ‘राष्ट्रिय ब्रान्ड’ हुन, नवलपरासीबासीले अवसरका रूपमा उपयोग गर्नुपर्छ: देवेन्द्रराज कँडेल

विनोद चौधरी ‘राष्ट्रिय ब्रान्ड’ हुन, नवलपरासीबासीले अवसरका...

वि.सं.२०८२ फागुन १२ मंगलवार २१:०७

  नवलपरासी । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नवलपरासी...

उखु किसानका समस्या समाधानमा कुनै कसर बाकि नराख्ने बिनोद चौधरीको प्रतिबद्धता

उखु किसानका समस्या समाधानमा कुनै कसर बाकि...

वि.सं.२०८२ फागुन ११ सोमवार १७:१६

  नवलपरासी । पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

नेशनल लाईफको ३९औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

नेशनल लाईफको ३९औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १४:००

  काठमाडौ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि.ले आफ्नो ३९औं...

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आयोजना हुने

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास...

वि.सं.२०८२ फागुन ११ सोमवार ०९:२४

  काठमाडौं । केबीए ग्लोबल प्रा.लि.को आयोजनामा ‘गोल्डेन गेट इन्टरनेशनल...

फागुन २१ म मतदान गर्नु अगाडि प्रत्येक मतदाताले देश जलाउँने र देश बनाउँनेलाई चिनौ : एमाले सचिव महेश बस्नेत

फागुन २१ म मतदान गर्नु अगाडि प्रत्येक...

वि.सं.२०८२ फागुन ११ सोमवार ०९:०६

  भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर...