CG Electronics
IME Life
NIMB

देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईतर्फ

NIMB
Himalayan Bank

 

काठमाडौं । भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारा लिएर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभामा दुई तिहाई नजिक पुगेको छ । समानुपातिकमा समेत अत्याधिक मत खसेका कारण
हालसम्मको मतगणनाको नतिजा अनुसार घण्टी चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी ३६ निर्वाचन क्षेत्रमा बिजयी भइसकेको छ भने ८३ स्थानमा अग्रता लिइरहेको छ ।

हालको तथ्याङ्क हेर्दा रास्वपाले प्रत्यक्षमा ११९ सिट जित्ने देखिन आएको छ । उता, समानुपातिकमा ५० देखि ६० सिट जित्ने सम्भावना देखिएको छ । सो आधारमा रास्वपाले कूल २७५ सिट मध्ये १८० हाराहारी सिट पुग्ने देखिन आएको छ । दुई तिहाईको लागि १८४ सिट आवश्यक पर्दछ ।

त्यस्तै, नेपाली कांग्रेस जम्मा ६ स्थानमा बिजयी भएको छ भने एमाले जम्मा दुई स्थानमा बिजयी भएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी दुई स्थानमा बिजयी हुँदा स्वतन्त्र उम्मेदवार महाविर पुन पनि बिजयी भएका छन् । हालसम्मको विवरण अनुसार नेपाली कांग्रेस ९ स्थानमा र एमालेले ९ स्थानमा अग्रता लिइरहेको ेछ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८ स्थानमा अग्रता लिइरहेको छ ।

घण्टीले अग्रता लिएका स्थानहरुमा अधिकांश फराकिलो मतान्तर रहेकोले केही अपवाद बाहेक शतप्रतिशत जीत निश्चित देखिइसकेका छन् । झापा ५ मा बालेन शाहको जीत पक्का भइसकेको छ भने झापा २ मा इन्दिरा रानाको जीत निश्चित भइसकेकोछ । त्यस्तै, मकवानपुरकै दई वटै क्षेत्रमा घण्टीले जित्ने निश्चित भइसकेको छ । काठमाडौं उपत्यकामा क्लीन स्पी गरेको रास्वपाले सिंगो तराईमा पनि क्लीन स्वीप जस्तै बनाएको छ ।

मधेशवादी दलहरुलाई शून्यमा झारेर
प्रारम्भिक रुझान नै घण्टीमा देखिएको थियो । निर्वाचन अघि सामाजिक सञ्जालहरु सबै घण्टीमय भइसकका थिए । सिंगो देश घण्टीमय हुन थालेपछि निर्वाचन नहुने भन्दै व्यापाक हल्लाहरु चलिरहेको थिए । अन्ततः प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको निर्धारित फागुन २१ को निर्वाचनमाथि कुनै सम्झौता गरेनन् र, निर्धारित मितिमै निर्वाचन सम्पन्न भएको थियो ।

सिंगो देश घण्टीमय भएपछि यतिबेला कांग्रेस एमालेमाथि खच्चिङ मार्नेक्रम व्यापक बढिरहेको छ । सामाजिक सञ्जालमा केपी ओली, गगन थापा, शेर बहादुर देउवा र आरजु राणाहरुको चर्को गाली सुनिएको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...