CG Electronics
Ncell NPL
NIMB

नेपाली कांग्रेस पाचथरमा यस्ता छन् उमेद्वार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१० जेठ, पाचथर– नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो । फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्रा आङ्देम्बेको नाम चयन गरेको छ । हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी, उपाध्यक्षमा ताराकुमारी योङहाङ र कुमायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती, उपाध्यक्षमा सूर्यकुमारी नेम्वाङ चेम्जोङको नाम चयन गरेको छ। मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा खड्गसुन्दर लावती, उपाध्यक्षमा सुनमाया राई, तुम्बेवा गाउँपालिकाको अध्यक्षमा होमनाथ थापा, उपाध्यक्षमा टेककुमारी कुरुम्बाङ रहेका छन् । याङबरक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर नुगोलाई अघि बढाएको छ । फिदिम नगरको प्रमुख र उपप्रमुखको उम्मेदवारका बारेमा सहमति नभएपछि विवाद समाधान गर्न केन्द्रमा पठाइएको पार्टीका चुनाव प्रचारप्रसार समिति संयोजक वृजहाङ आङदेम्बेले बताए। जिल्लाको ६० वटा वडामा भने कार्यसमिति चयन गरिसकिएको जानकारी दिदैं उक्त दलका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले प्रत्येक गाउँपालिकामा सक्षम र सबल उम्मेदवार तयार पारेको बताए । रासस

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...