Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रधानमन्त्री प्रचन्डले राष्ट्रका नाममा सम्बोधन गर्दै आजै राजीनामा दिने

१० जेठ, काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै आज राजीनामा दिने गरी छलफल अगाडि बढाएका छन्। संसदमा सम्बोधन गरेर सत्ता छोडेको जानकारी दिन खोजेका प्रधानमन्त्री दाहाल एमाले अवरोधका कारण त्यो सम्भव नभएपछि राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने विकल्पमा गएका हुन्।

मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने तयारी गरेका प्रधानमन्त्री दाहालले एमाले अवरोधका कारण संसद बैठक चल्न नसकेपछि सम्बोधन गर्न पाएका थिएनन्। निर्वाचन आचार संहिता लागु भएपछि तराईका केही जिल्लामा स्थानीय तह थपेको विरोधमा एमालेले मंगलबारको संसद बैठक अवरुद्ध पारेको थियो।

संसद खुलाउन मंगलबार अबेरसम्म भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि बैठक बस्दै नबसी बुधबार अर्को बैठक डाकिएको थियो। एमालेले संसद अवरुद्ध पार्ने अडान कायम राखेपपछि बुधबार पनि संसद बैठक बस्न सकेन।

बुधबार बिहान प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा संसद खोल्नेबारे छलफल गर्न नेताहरुको बैठक डाकेका थिए। तर एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारको छलफलमा गएनन्। त्यसपछि संसद भवन नयाँ बानेश्वरमा पनि प्रधानमन्त्री दाहालले तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। सो बैठकमा पनि ओली आएनन्। बैठकमा एमालेका नेता माधवकुमार नेपाल र सुवास नेम्वाङ सहभागी थिए।

‘उहाँहरुले कुनै हालतमा पनि संसद चल्न नदिने अडान लिएपछि अब छलफलका लागि प्रधानमन्त्रीज्यू सिंहदरबार जानुभएको छ’, दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘छलफलपछि आजै राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिन सक्ने सम्भावना छ।’

पूर्वसहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री दाहालले राजीनामा दिन लागेका हुन्। प्रतिपक्षी एमालेले भने एक चरणको निर्वाचन एउटाले गर्ने अर्को चरणको निर्वाचन अर्को सरकारले गर्ने कुरा नमिल्ने भन्दै दोस्रो चरणको निर्वाचनपछि मात्र सत्ता फेरबदल हुनु पर्ने बताउँदै आएको छ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...