CG Electronics
IME Life
NIMB

पार्टी रुपान्तरणमा सुनिल शर्माको जोड, ‘नत्र कांग्रेसलाई गाह्रो छ’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कांग्रेसका प्रतिनिधि सभा सदस्य तथा महासमिति सदस्य सुनिलकुमार शर्माले पार्टीको रुपान्तरण र जनमुखी सरकार निर्माण गर्न स्पष्ट एजेण्डासहितको महासमितिको बैठकमा प्रस्ताव राख्ने बताएका छन् ।

कांग्रेस महासमिति बैठकका सन्दर्भमा पार्टीको रुपान्तरणका लागि अवधारणापत्र सार्वजनिकीकरणका लागि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको आधारभूत आवश्यकताका बारेमा महासमितिको बैठकमा छलफल हुनुपर्छ भन्ने आफ्नो प्रस्तावको मूल उद्देश्य रहेको बताए ।

उनले भने, ‘मेरो प्रस्तावका मुख्य एजेण्डाहरु रुपान्तरित कांग्रेस निर्माणका मार्गचित्र, सुशासनमुखी पार्टी र सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, पार्टी र सरकारको सम्बन्ध, रोजगारीका समस्या समाधान र उद्योग क्षेत्रको विकास, अप्राकृतिक गठबन्धनको अन्त्य र कांग्रेसको नेतृत्वमा जनतामुखी सरकार, कांग्रेसले लिनुपर्ने अर्थनीति, विदेश नीति, शिक्षा र स्वास्थ्य क्षेत्रको रुपान्तरण र विकास, कृषि पर्यटन र जलविद्युतको विकासमा प्राथमिकता, खनिज स्रोतको पहिचान र विकासमा जोड लगायत छन् ।’

यस्तै, कांग्रेसले आफ्नो नीतिमा प्रष्ट नराख्ने र सम्मिलित सरकारलाई सुशासन र जनमुखी नबनाउने हो भने आउने दिनहरु कठिन हुने उनले बताए ।

उनले भने, ‘कांग्रेस आफ्नो नीतिमा प्रष्ट हुनु जरुरी छ । नीतिमा प्रष्ट हुनुको साथै आफू सम्मिलित सरकारलाई सुशासन र जनमुखी बनाउनु पर्छ । यस्तो गर्न नसकेन कांग्रेसका लागि आउने दिनहरु कठिन छन् । लोकप्रियतावादी र अतिवादीहरु नेपाली कांग्रेसका मुख्य चुनौती हुन् । कांग्रेसले जनप्रिय, जनताको विश्वासको पार्टी बनाउने र आफू नेतृत्व जनमुखी सरकार बनाउने विषयमा ढिलाइ गर्नु हुँदैन ।’

अप्राकृतिक गठबन्धनका कारण कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइरहेको जनगुनासो रहेको पनि उनको भनाइ छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...